काठमाडौँ । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले अच्युत शर्मा थपलियाको अध्यक्षतामा कार्यसमिति पुनर्गठन तथा चयन गरेको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा पूर्ण लामिछाने चयन हुनु भएको छ ।
यस्तै उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ र तारालाल घिसिङ चयन भए भने महासचिवमा उद्धव खड्का र कोषाध्यक्षमा सरोज नेपाली चयन हुनु भएको छ । सदस्यहरुमा हरिलाल लामिछाने, कमल देवकोटा, सीके भुसाल, विवेक अर्याल, अवानिस नेपाल, रमेश सोडारी , डा. ईभ धिसी , सुमन शर्मा, रञ्जन मैनाली, पुष्पा थापा, दीपक भुसाल, सुनिता दाहाल, मनिस पराजुली, अश्विन केसी, विवेक श्रेष्ठ, सविन गैजु , अन्जल गोतामे, सुशील फुयाल,रन्जना घर्ती र प्रसिद्ध ढुंगेल चयन भएका छन् ।
प्रवास अन्तर्राष्ट्रिय समन्वय कमिटीका सचिव ध्रुव सुवेदी प्रमुख अतिथि रहेको उक्त बैठकले यसअघिका अध्यक्ष राजनकुमार बस्नेतलाई कारबाहीसमेत गरेको छ ।
यसैबीच नेकपा एकीकृत समाजवादीको तर्फबाट वर्तमान सरकारमा प्रतिनिधित्व गर्ने कृषिमन्त्री वेदुराम भुसाल र भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई नयाँ कार्यसमितिले बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको थियो ।