झापा । नेकपा एमालेका नेता नरेश खरेल सहितका नेता कार्यकर्ताले एमाले परित्याग गरेका छन् । नेकपा एमालेका पूर्व पोलिटब्युरो सदस्य तथा केन्द्रिय सल्लाहकार सदस्य नरेश खरेल सहित झापाका जिल्लास्तरीय नेताहरूद्वारा पार्टी परित्याग गरेका हुन् ।
झापामा एक प्रेस विज्ञप्ति जारी गर्दै खरेल सहितका १० जना जिल्ला स्तरीय नेताहरूले एमाले परित्याग गरेका हुन् ।
आज चैत्र २७ गते रत्नकुमार बान्तवाको स्मृति दिवसमा एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको बताएका छन् ।
पञ्चायत तानाशाहीका विरुद्ध १७ वर्ष जेल जिवन बिताउनु भएका एमाले नेता नरेश खरलेसहित करिब एक दर्जन नेताले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी एमाले परित्यागको घोषणा गरेका छन् ।
एमाले नेता नरेश खरलेसहितका नेताहरुले एमालेमा इमान्दार नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउन र दक्षिणपन्थी यथास्थिति वादी शक्ति र व्यक्तिसँग भइरहेको साँठगाँठलाई टुलटुल हेरेर बस्न नसक्ने भन्दै पार्टी परित्याग गरी स्वतन्त्र रहने कुरा उल्लेख छ ।
यसरी खरेल सहित विज्ञप्ति जारी गर्नेहरुमा हिरा प्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीम प्रसाद लुईटेल, साजत आलम, आवलोदिन मियाले लगायत रहेका छन् ।
प्रेस विज्ञप्तिको पूर्णपाठ