कोशी । नेकपा एकीकृत समाजवादी पार्टी स्कुल विभाग, कोशी प्रदेशको आयोजनामा समाजवाद उन्मुख वडा निर्माणको लागि जनप्रतिनिधिहरूको प्रदेश स्तरीय कार्यशाला सम्पन्न भएको छ ।

पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश पार्टी स्कुल विभाग प्रमुख धर्म निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत हुनुहुन्थ्यो । कोशी प्रदेश पार्टी स्कुल विभागका सचिव डा. दिवाकर रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रदेशभित्रका नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पालिका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षहरू, जिल्ला समन्वयका प्रमुख उपप्रमुख र सदस्यहरू, प्रदेश सभा सदस्यहरू सहभागी रहनु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वस्नेतले हाम्रो समाजवादी कार्यदिशालाई कार्यन्वयन गर्न सिङ्गो पार्टी पङ्क्तिलाई क्रियाशील गराउने अभियान अन्तरगत जनप्रतिनिधिहरूलाई समेत स्पष्ट दृष्टिकोण निर्माणमा सहयोग पुगोस् भनेर यो कार्यक्रम प्रशिक्षण मुलक कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

वडालाई इकाई मानेर समाजवाद निर्माणको प्रयत्न तलबाट थालनी गर्नुपर्ने भन्दै जनप्रतिनिधिका कामको प्राथमिकता त्यस तर्फ केन्द्रित हुनुपर्ने भन्दै ज्ञान, सीप, श्रम र लागतमा जनतासँग साझेदारीका सन्दर्भमा कोशी प्रदेश स्कुल विभाग प्रमुख धर्म निरौलाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा समकालीन पुंजिवाद , सुशासन र समाजवादी सङ्घर्षका विषयमा पार्टीका केन्द्रीय कमिटी सदस्य केन्द्रीय पार्टी स्कुल विभागका तथा सचिव अशेष घिमिरेले सहजिकरण गर्नु भएको थियो ।

यस्तै कोशी प्रदेशको अर्थराजनीति र समाजवाद उन्मुख वडा निर्माण सम्बन्धी अवधारणापत्रः कोशी प्रदेश पार्टी स्कुल विभागका सदस्य हिक्मत बस्नेतले सहजिकरण गर्नु भयो ।
यस्तै दोस्रो दिनः पहिलो दिन प्रस्तुत प्रशिक्षणको विषयमा आधारित भएर अवधारणापत्रमाथि समूहगत छलफल र प्रस्तुती । छलफल र प्रस्तुती पश्चात अवधारणापत्रलाई पारित गर्ने कार्ययोजना रहेको बताईएको छ । कार्यक्रममा कोशी प्रदेशका ३२ जना जनप्रतिनिधिको उपस्थिति रहेको छ ।