काभ्रे । नेकपा ( एकीकृत समाजवादी ) को भातृ संगठन नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला कार्यसमिति गठन भएको छ।
नेपाल खेलकुद महासंघ काभ्रेको ३१ सदस्यीय कार्य समिति गठन भएको छ। अध्यक्षमा अरुण बानियाँ, उपाध्यक्ष सरिता पौडेल , सचिव राजकुमार शाह ,सहसचिव अप्सरा सत्याल चयन हुनु भएको काभ्रे जिल्ला सचिव गोकुल गौतमले जानकारी दिनु भयो ।
सदस्यहरूमा संगम प्रधान ,मुकेश गौतम , प्रविण भुजेल ,कपिल लामा , पदम तामाङ , सम्झना पराजुली , निर्मला सापकोटा , रमण गिरी ,रोहण तुसुजु ,पुष्पा खरेल , जीवन के सि , देवकी श्रेष्ठ र विष्णु रिजाल रहनु भएको छ।
नवगठित जिल्ला कार्य समितिलाई बधाई तथा शुभकामना दिदै पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाँइलेसंगठनले जिल्लामा खेलकुदका कृयाकलापलाई चलायमान गराउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ।
उक्त कार्यक्रममा केन्द्रीय परिषद सदस्य कल्पना श्रेष्ठ , युवा संघ नेपालका केन्द्रीय सचिव भेष राज शाह लगायतले नवगठित जिल्ला कार्य समितिलाई कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।