इलाम । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) सन्दकपुर गाउँपालिका इलामको अधिवेशन सम्पन्न भएको छ । मङ्गलबारको भेलाले खगेन्द्र निरौला अध्यक्ष रहेको सम्मेलन आयोजक कमिटी गठन भएको छ ।
नवगठित कमिटीको उपाध्यक्षमा प्रदिप राई ,सचिवमा श्याम कुमार राई चयन हुनु भएको छ । भने कमिटीको सदस्यहरूमा सनम राई ,अइन्द्र सुवेदी ,नेत्र पराजुली, फुर्वा दि रीङ्ग शेर्पा , आइतराज फागो , राजु तामाङ्ग , विनु राई ( तामाङ्ग ), शुकदल राई, प्रकाश राई,चक्र सोङ्गमेन राई,ममता राई, प्रताव राइ, चन्द्र बहादुर गुरुङ्ग, चित्र बहादुर राई,लक्षिमाया राई ,गिता लुङ्गेली ,नर बहादुर राई, हर्क रेस्मी मगर , भिम गुरुङ्ग , कुविर राई, दिनेश राई , राम कुमार राई ,, तेज कुमार लुङ्गेली , हर्क सिंजाली मगर, कमल खाम्दाक , सचिन साम्बा , संगम वस्नेत,सोम बहादुर थेवे, मोतिलाल मगर, बिक्रम फागो रहनु भएको छ ।
सन्दकपुर गाउँपालिका कमिटी अध्यक्ष खगेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष भक्त के.सी, केन्द्रिय सल्लाहकार परिषद सदस्य द्वय सुर्य बाला राई र हरी कुमार पराजुली, जिल्ला कमिटी सचिवालय सदस्य तथा कार्यालय सचिव मान बहादुर गुरुङ्ग , अनेमसंघ समाजवादीकी केन्द्रिय कमिटी सदस्य सावित्रा गडतौला, अनेम संघ जिल्ला अध्यक्ष अमृता राइ, अनेरास्ववियू जिल्ला कमिटी सचिव चेतन अधिकारी लगायतको उपस्थितमा सम्पन्न भएको हो ।
यस्तै भेलाले वडा स्तरीय अधिवेशन आयोजक कमिटी संयोजकको जिम्मेवारी समेत तोकेको छ । जस अन्तर्गत वडा नं १ संयोजकमा दिनेश राई ,वडा नं २ संयोजकमा राम कुमार राई ,वडा नं ३ संयोजकमा तेज कुमार लुङ्गेली , वडा नं ४ संयोजकमा हर्क सिंजाली मगर ,वडा नं ५ संयोजकमा कमल खाम्दाकलाई जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै भेलाले केशर बहादुर राई संयोजक रहेको सन्दकपुर गाउँपालिका पार्टी स्कुल विभाग समेत गठन गरेको छ । जसको आमन्त्रित सदस्यमा खगेन्द्र निरौला र श्याम कुमार राई रहनु भएको छ ।
यस्तै भेलाले सन्दकपुर गाउँपालिका वडा स्तरमा वडा पार्टी निर्माण अभियान अभियन्ता कमिटी समेत गठन गरेको छ जस अनुसार सन्दकपुर गाउँपालिका वडा नं १ मा केशर बहादुर राई , वडा नं २ मा प्रदिप राइ, वडा नं ३ मा हरि कुमार पराजुली, वडा नं ४ मा चन्द्र बहादुर राई ,वडा नं ५ मा मान बहादुर गुरुङ्गलाई चयन गरेको छ ।
यसै गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( अनेरास्ववियू ) सन्दकपुर गाउँपालिका अधिवेशन आयोजक कमिटीको समेत गठन भएको छ । भेलाले मनिस गजमेरको संयोजकत्वमा २५ सदस्यीय गाउँपालिका अधिवेशन आयोजक कमिटी गठन गरेको छ । कमिटीको सह संयोजकमा सपना फागो रहनु भएको छ ।
यस्तै भेलाले लक्षिमाया लुङ्गेली संयोजक रहेको अखिल नेपाल महिला संघ ( समाजवादी ) सन्दकपुर गाउँपालिका अधिवेशन आयोजक कमिटी गठन गरेको छ । जसको सह संयोजकमा चन्द्रकला परीयार सहित ३१ सदस्यीय अनेमसंघ सन्दकपुर गाउँपालिका अधिवेशन आयोजक कमिटी गठन भएको छ ।
यस्तै युवा संघ नेपाल सन्दकपुर गाउँपालिका अधिवेशन आयोजक कमिटी समेत गठन भएको छ । जसको इन्चार्जमा हर्क सिजाली मगर ,संयोजकमा सचिन साम्बा , सहसंयोजकमा आइतराज फागो सहितको २७ सदस्यीय युवा संघ नेपाल सन्दकपुर गाउँपालिका अधिवेशन आयोजक कमिटी गठन भएको छ ।
यस्तै केसर बहादुर राइ इन्चार्ज र नर बहादुर राई संयोजक रहेको २१ सदस्यीय अखिल नेपाल किसान महासंघ सन्दकपुर गाउँपालिका अधिवेशन आयोजक कमिटी समेत गठन भएको छ ।