पेशागत महासंघ नेपालको सतौँ राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित अध्यक्ष प्रेमलकुमार खनालसँग पेशागत सवालहरुलाई लिइएर गरिएको कुराकानी ।
१. पेसागत महासंघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा सर्वप्रथम बधाई छ। महाधिवेशनका बारेमा केही बताइ दिनु होस न ।
- पेसागत महासंघ नेपालको सतौँ राष्ट्रिय महाधिवेशन गत फाल्गुन २९ र ३० गते भव्यता पूर्वक सम्पन्न भयो। गत माघ ८ गते सचिवालयको विस्तारित बैठक र माघ १३ गते भर्चुअल माध्यमबाट भएको राष्ट्रिय भेलाबाट सतौँ महाधिवेशन गर्ने निर्णय भएको थियो ।
जम्मा ५० दिनको तयारी सँगै ७१ जिल्लामा जिल्ला सम्मेलन र ६ जिल्लामा सम्पर्क कायम गर्दै ७ वटै प्रदेश स्तरमा अधिवेशन सम्पन्न गरेर जिल्ला ,प्रदेश र महासंघमा आबद्ध राष्ट्रिय घटकहरू र विभिन्न संस्थान र बैंक तथा वित्तिय संस्थाका प्रतिष्ठानहरूका प्रतिनिधिहरू सहभागी भएर हामीले सतौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका छौ।
महाधिवेशनले आगामी ४ वर्षका लागि ६९ सदस्यीय राष्ट्रिय समिति , राष्ट्रिय परिषदको सभामुख ,उपसभामुख र ३ सदस्यीय लेखा आयोग निर्वाचित गर्दै सम-सामयिक विषयमा २५ वटा प्रस्ताव समेत पारित गरेको छ। महाधिवेशनको उद्घाटनपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नु भएको थियो भने देश विदेशका ट्रेड युनियनका प्रतिनिधिहरू उपस्थित भएर सम्मेलनमा शुभकामना व्यक्त गरेका थिए। यश पटक विश्व ट्रेड युनियन महासंघका महासचिव तथा चिन, भियतनाम र साइप्रस स्थित ट्रेड युनियनहरुबाट महाधिवेशनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको थियो भने महाधिवेशनमा विश्व ट्रेड युनियनका उपमहासचिव , बंगलादेश ट्रेड युनियन महासंघ र भारत स्थित अल इन्डिया ट्रेड युनियन कांग्रेस , बैंक इम्पोलाइजफेडरेसन अफ इन्डिया र एआइसीसीटियु ,भारतका प्रतिनिधिहरू उपस्थित भएर शुभकामना मन्तव्य प्रकट गरेका थिए।
२. महाधिवेशनले अगाडि सारेको मूल नारा र कार्यदिशा बारेमा बताई दिनु हुन्छ कि ?
- महाधिवेशनले समाजवाद स् सामाजिक न्याय ,स्वाधीन अर्थतन्त्र समृद्ध जीवन १ गुणस्तरीय सेवा, सुशासन ,सुदृढ र एकीकृत ट्रेड युनियनको मूल नारालाई अगाडि सार्दै कार्यनीतिक कार्यदिशा पारित गरेको छ।
अहिलेको पुँजीवादी व्यवस्थाले श्रमिकको शोषण गरिरहेको छ। काममा लागेका श्रमिक कर्मचारीको तलब सुविधा अत्यन्तै न्यून रहेको छ, जसले जीवन यापन गर्न पुग्दैन । लाखौं मानिस गरिब र बेरोजगार रहेका छन । समाजवादी व्यवस्थामा मात्रै स्वाधीन ,आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुनेछ र यसका माध्यमबाट मुलुकमा आर्थिक सामाजिक विकास भइ श्रमिक कर्मचारीको श्रमको उचित मूल्य प्राप्त हुन्छ ,श्रमको शोषण हुदैन ।गरिबी र बेरोजगारी अन्त्य हुन्छ ।
सामाजिक न्याय प्राप्त हुन्छ र जनताले शिक्षा ,स्वास्थ्य , आय ,रोजगारी सहज र निःशुल्क प्राप्त गरेर खुसियालीका साथ समृद्ध जीवन यापन गर्ने आधार प्राप्त गर्नेछन् भन्ने लक्ष्य प्राप्तिका लागि हामी श्रमजीवीवर्गको अभिष्ट लक्ष्य पनि मुलुकमा समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्ने हुन आवश्यक हुन्छ ।
यसका साथै नेपालको संविधानले पनि समाजवादको आधारमा निर्माण गरेर आर्थिक सामाजिक विकास गर्ने समेत परिलक्षित गरेको उदेश्य हासिल गर्न हामीले पनि संगठीत तवरले सहयोग र योगदान पुर्याउनु पर्दछ र अब हाम्रा काम र भुमिका यसै लक्ष्य प्राप्तिका लागि केन्द्रीत हुनु पर्दछ भनेर महाधिवेशनले दिशा निर्देशीत गरेको छ।
यसैगरी, मुलुकमा आर्थिक(सामाजिक विकास गर्नका लागि हामी सेवा प्रदान गर्ने संस्थामा कार्यरत रहेका कारण हरेक निकायबाट हामीले जनतालाई प्रदान गर्ने सेवा गुणस्तरीय हुन पर्दछ।गुणस्तरीय सेवा भनेको दिगो र जनताको मन छुने खालको हुनुपर्छ । हामीले जनतालाई प्रदान गरिने सेवाले सेवाग्राहीको चित्त बुझ्ने हुनुपर्छ ।
यस्तै ,मुलुकमा सुशासन कायम गर्न जनता प्रति उत्तरदायी ,जवाफदेही ,लगनशील ,कर्तब्यनिष्ठ भएर राष्ट्र र जनताको सेवा गर्नु पर्दछ। संस्था भित्र कुनै पनि अनियमितता र भ्रष्टाचार हुन दिनु हुदैन र पारदर्शिता ,मितब्ययिता कायम गर्न गराउन भुमिका निर्वाह गर्नु पर्दछ। यसका लागि हाम्रा पेशागत संगठनहरुलाई अनुशासित ,कर्तव्य निष्ठ सुदृढ र एकता बद्व बनाउनुपर्दछ । वास्तवमा महाधिवेशनबाट पारित मूल नाराको अन्तर्य यहीँ नै हो। यश अलावा महाधिवेशनबाट अरु १० वटा सहायक नारा पनि अगाडि सारेका छौ।
३. पेसागत महासंघ नेपाल स्थापनाको पृष्ठभूमि बारेमा केही बताइ दिनु हुन्छ कि ?
- नेपालमा ट्रेड युनियन आन्दोलनको इतिहास त्यति लामो छैन । १०४ वर्ष सम्मको जहांनिया निरङकुश राणा शासनको सन् १९५०मा अन्त्य भए पछि प्रजातन्त्र प्राप्त भए पछि पढ्ने,लेख्ने र संगठन गर्न पाउने स्वतन्त्रताको हक सुनिश्चित भयो र यश क्रममा ट्रेड युनियनहरु गठन संचालन भए । तर सन् १९६० मा निरङकुश राजतन्त्रले बहुदलीय व्यवस्थामा कु गरेर एक दलीय निरङकुश पंचायती व्यवस्था लादे पछि संगठन गर्ने स्वतन्त्रताको हकलाई सिमित गरियो । ३० वर्ष सम्म संचालन भएको निरङकुश पंचायती व्यवस्थामा पेसागत संगठनहरु, ट्रेड युनियनहरुले खुल्ला रुपमा गतिविधि गर्न नपाउने गरि प्रतिबन्धित गरियो।
सन् १९९० मा भएको निरङकुश पंचायती व्यवस्था विरोधी जनआन्दोलनको सफलता सँगै मुलुकमा बहुदलीय व्यवस्था पुनस्थापना भयो। बहुदलीय व्यवस्थाको पुनस्थापना सँगै ट्रेड युनियन खोल्न पाउने श्रम कानुन जारी भयो। यहीँ पृष्ठभूमिमा सार्वजनिक क्षेत्रमा काम गर्ने कलमजीवीहरुले स्थापना गरेका पेशागत संगठनहरु विचमा आपसी समन्वय गर्ने उद्वेश्यका साथ सन् १९९५ मा पेसागत महासंघ नेपालको स्थापनाको शुरुआत भयो ।
यश क्रममा सार्वजनिक क्षेत्रमा क्रियाशील पेशागत संगठनहरु र ट्रेड युनियनहरु बिच आपसी समन्वय गर्ने ,पेशाकर्मीका साझा सवालमा सामुहिक ढंगबाट समाधानका लागि प्रयत्नशील रहने, मुलुकको आर्थिक- सामाजिक विकासमा एकीकृत शक्तिको माध्यमबाट भुमिका निर्वाह गर्ने उद्वेश्यका साथ २०५२ जेष्ठ ६ मा पेशागत ऐक्यबद्धता मंच नेपाल " FOROUM FOR PROFESSIONAL SOLIDARITY नामबाट राष्ट्रिय स्तरका १० वटा पेशागत संगठनहरु मिलेर मंच स्थापना भयो । मंचकाे प्रथम महाधिवेशन आयोजना गर्ने निर्णय संगै मंचलाई पेशागत महासंघ नेपाल ( CONFDERATION OF NEPALESE PROFESSIONALS - CONEP) काे नामबाट रुपान्तरण गर्दै महासंघको रुपमा अगाडि बढाउने निर्णय भयो ।
४. पेशागत महासंघ नेपालको लक्ष्य चाहिँ के रहेको छ ?
महासंघले सम्पूर्ण पेशाकर्मीहरुको सेवा सुरक्षा , समान अवसर ,समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवादू को लक्ष्य यात्रा तय गरि मुलुकको पेशागत आन्दोलनमा भूमिका निर्वाह गर्दै आएको छ। महासंघको लक्ष्य प्राप्तिका लागि भुमिका निर्बाह गर्न यश पटकको महाधिवेशनले मूल नारा सहित कार्यनीतिक कार्यदिशा तय गरेको कुरा मैले माथि नै उल्लेख गरि सकेको छु।
५. पेसागत महासंघ नेपालले हाल सम्म हासिल गरेका उपलब्धिहरु बारे वताइ दिनु हुन्छ कि ?
महासंघको २७ वर्षको यात्राका क्रममा पेसागत हकहितका साथै मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि महासंघले देश भरका श्रमिक पेशाकर्मीहरुलाई संगठीत तवरबाट परिचालन गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। जस मध्ये पहिलो , महासंघ स्थापना भए पछि विभिन्न क्षेत्रका सम्पूर्ण पेशाकर्मीलाई एउटै छाता संगठनमा संगठित हुने आधार तयार भएको छ। यसले श्रमिकहरुको एकीकृत र संगठीत शक्तिको विकास भएको छ।
दोश्रो, महासंघको संगठीत प्रयत्नबाट २०६२ / ६३ मा मुलुकमा भएको लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनमा देश भरका श्रमिक कर्मचारीलाई परिचालन भुमिका निर्वाह गरेकै परिणामस्वरूप मुलुकमा लोकतन्त्र,गणतन्त्र स्थापना गर्न सहयोगी भुमिका निर्वाह गर्ने काम भएको छ।
तेस्रो , पेशाकर्मीहरुको समय सापेक्ष तलब सुविधाका लागि २०५७ मा महासंघको अगुवाइमा पेसागत क्षेत्रमा भएको आन्दोलनको परिणामस्वरूप राज्यले हरेक २/२ वर्षमा तलब सुविधा बृद्वि गर्ने र हरेक वर्ष महंगीको अनुपातमा महंगी भत्ता उपलब्ध गराउने जस्तो कानुनी व्यवस्था गराउन सफलता प्राप्त भएको छ।
चौथो, महासंघ स्थापना हुदा शुरुआतमा १० वटा पेसागत संगठन ट्रेड युनियनहरु भएकोमा यतिबेला पेसागत महासंघमा आबद्ध र सम्बद्व गरि २७ वटा पेसागत संगठनहरु आबद्ध भएका छन,यसले पेसागत क्षेत्रको संजाल विस्तार र सुदृढ भएको छ।
पाँचौ , यतिबेला महासंघ राष्ट्रिय रुपमा मात्रै हाेइन अन्तर्राष्ट्रिय रुपमा पनि विश्वका प्रगतिशील एवं समाजवादी विचारका श्रमिकहरुकाे अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र - विश्व ट्रेड युनियन महासंघ ( World Fefederation of Trade unions - WFTU) काे सदस्य रहेको छ। जहाँ विश्वका १३३ देशका १० करोड ५0 लाख श्रमिक आबद्ध छन। पेसागत महासंघ उक्त अन्तर्राष्ट्रिय केन्द्रमा आबद्ध भएर उक्त महासंघको प्रेसिडेन्सिय काउन्सिल ( केन्द्रीय कमिटीमा ) सन् २०११ देखिन प्रतिनिधित्व गर्दै आएको छ। महासंघको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारले महासंघका उदेश्य हासिल गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्राप्त भएको छ।
छैठौं , महासंघ ले मुलुकमा आर्थिक अनुशासन कायम गर्न विगत देखिन भ्रष्टाचार विरोधी आन्दोलन संचालन गर्दै आएको छ।
यस्तै सार्वजनिक संस्थानको नीजिकरण तथा ,शिक्षा र स्वास्थ्य क्षेत्रको नीजिकरण र व्यापारीकरण बन्द गरि यश सेवालाई सर्बसुलभ र निःशुल्क बनाउन राज्यको भुमिका बृद्वि गर्न , बढदो महंगी नियन्त्रण गर्न र न्यून आय भएका जनता र श्रमिक कर्मचारीलाई रासन कार्डको व्यवस्था गरि ७५३ वटै पालिकामा सुपथ मुल्यका पसल सरकार बाट स्थापना गरि विक्रि वितरण गर्न, श्रमिक कर्मचारीलाई जीवन यापन गर्न पुग्ने तलब सुविधा प्रदान गर्न, श्रमिक कर्मचारीको श्रम शोषणको अन्त्य गर्न अस्थायी ,करार ,ज्यालादारी र आउट सोर्सिङमा काम गरिरहेका श्रमिक कर्मचारीहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षाको दायरा ल्याई सामाजिक सुरक्षा कोषले प्रदान गरेका सुविधा प्रदान गर्न सरकार समक्ष माग गर्दै आएको छ।
यसका साथै संघ,प्रदेश र स्थानीय तहका सरकारी कार्यालय ,विधालय,क्याम्पसमा स्थायी दरबन्दी श्रृजना गरेर खुल्ला प्रतियोगिताबाट स्थायी नियुक्ति गर्न र अस्थायी ,करार र आउट सोर्सिङबाट काम गराउने काम बन्द गर्ने आदि माग गर्दै आएको छ। महासंघले सामाजिक दायित्व अन्तर्गत विगतमा भूकम्प पिडितहरुका लागि राहत र उद्वार, बाढी पैहृो, सितलहरमा पिडित जन र राउटे जातीका लागि राहत स्वरुप लत्ताकपडा वितरण , स्वास्थ्य शिविर जस्ता महत्त्वपूर्ण कार्य गरेको छ।
६.ट्रेड युनियन आन्दोलनमा विध्यमान चुनौती के कस्ता रहेका छनरु केही उल्लेख गरि दिनु हुन्छ कि ?
यतिबेला ट्रेड युनियन आन्दोलनमा तीन अ ( अवसरवाद, अर्थबाद र अराजकतावाद ) को चुनौती खडा भएको छ। ट्रेड युनियन आन्दोलनमा विकृति विसंगति झांगीएको छ ।
ट्रेड युनियन आन्दोलनमा टुट फुट ल्याएर दक्षिणपन्थी र प्रतिगमनकारी शक्तिलाई मद्दत पुर्याउने र समानान्तर ढंगबाट यलो युनियन बनाउने गतिविधि बढेका छन । यसरी दक्षिणपन्थी शक्तिलाई बलियो बनाउने गरि ट्रेड युनियन आन्दोलनलाई कब्जा गर्ने,समानान्तर यलो युनियन बनाउने प्रबृत्ति र चुनौतीका विरुद्ध वैचारिक संघर्ष गर्दै अगाडि बढन आवश्यक भएको छ।
विचार ,सिद्धान्त प्रति प्रतिबद्ध हुनको सट्टामा आफ्नो फाइदा ,अवसर र लाभको लागि व्यक्ति र शक्तिको पछि लाग्ने र दक्षिणपन्थी शक्तिका सामु लम्पासार पर्ने , ट्रेड युनियन आन्दोलनलाई अर्थवादको दलदलमा सिमित गर्ने, देशी विदेशी साम्राज्यवाद ,विस्तारवाद र पुंजीवादले संचालन गरेको युद्ध ,हत्या ,हिंसा ,आतंकका विरुद्ध एक शब्द पनि प्रतिक्रिया नजनाउने र उनीहरूकै सहयोगमा विभिन्न परियोजनाका नाममा डलर खेती गर्ने खालका गतिविधि नै यतिबेला ट्रेड युनियन आन्दोलनका मुख्य चुनौतीको रुपमा रहेको छ।
७. पेसागत महासंघ नेपाल कै नामबाट केहीव्यक्तिहरुले समानान्तर गतिविधि गरिरहेका छन नि , यश गतिविधिलाई चाहिँ तपाईहरुले कसरी लिनु भएको छ ?
- हो ,पेसागत महासंघ नेपालको नाम,झण्डा ,लोगो प्रयोग गरेर केही मानिसहरुले समानान्तर गतिविधि गरिरहेका छन । यहीँ भएर हामीले यस्ता गतिविधिलाई अराजक गतिविधि भनेका छौ।
पेसागत महासंघ नेपालको छैठौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरु रहेर, श्रम बिभागमा दर्ता नबिकरण गर्दै कोभीड महामारी आदि कारणले समयमा महाधिवेशन सम्पन्न गर्न संभव नभए पछि छैठौं महाधिवेशनबाट निर्वाचित बहुसंख्यक पदाधिकारी एवं सदस्यहरु सहितको सतौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरी बिधान अनुसार जिल्ला ,प्रदेशको सम्मेलन गरेर हामीले भव्यता पुर्बक सतौँ महाधिवेशन सम्पन्न गरि सकेका छौ।
छैठौं महाधिवेशनमा निर्वाचित नभएका र कमिटी बाहिरका केही मानिसले महासंघ गठन गरेको भन्नू सरासर नक्कली र फर्जी कुरा हो। कानुनी हिसाबले ,बैधानिक हिसाबले र संगठनात्मक हिसाबले पनि हामीले गत फाल्गुन २९ र ३० गते सम्पन्न गरेको राष्ट्रिय महाधिवेशन र सतौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित राष्ट्रिय कमिटी नै आधिकारिक पेसागत महासंघ हो। तर महासंघको नाममा अर्को समानान्तर महासंघ खडा गर्नु आफैमा गैह्र कानुनी र अराजक गतिविधि हो। महासंघ विश्व ट्रेड युनियन महासंघ ( डब्लूएफटियू) को सदस्य हो।
यो श्रम विभागमा दर्ता र नविकृत ट्रेड युनियन महासंघ हो। यति हुदा हुदै पनि दुनियाँलाई भ्रम श्रृजना गर्न पेसागत महासंघको नाम,झन्डा ,लोगो दुरुपयोग गरेर संगठन बनाइ हिड्नु सरासर ट्रेड युनियन भित्रको अराजक गतिविधि हुन। यति मात्रै होइन पेसागत महासंघ नेपालको बार्षिक मुखपत्र सहयात्रा जुन हरेक बर्ष प्रकाशित हुदै आएको छ,।फेरि समानांतर गतिविधि गर्ने हरुले यहीँ सहयात्रा नामको अर्को मुखपत्र प्रकाशन गर्ने भनेर विभिन्न ठाउँबाट विज्ञापन र रकम असुल गरिरहेको भन्ने विषयआइ रहेको छ,यो झन गंभीर र आपत्ति जनक विषय हो ।
यस्तो गैहृ कानुनी काम गर्न कसैलाई पनि छुट हुन हुदैन , हामीले सम्बन्धित निकायमा कारबाहीका लागि ध्यानाकर्षण गराएका छौ। पेसागत महासंघ नेपाल वैचारिक हिसाबले समाजवादी ध्येय लक्ष्यका साथ विश्वका प्रगतिशील एवं समाजवादी बिचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघको सदस्य हो। महासंघको यो वैचारिक लाइनलाई मन नपराउने हरु पनि हिजो देखिन महासंघमा थिए।
उनीहरुले वैचारिक लाइन प्रति असहमति राखेका हुन भने अन्य कुनै अर्को नामको महासंघ गठन गर्न सक्तछन । यो उनीहरूको स्वतन्त्रताको कुरा हो। तर पेसागत महासंघ कै नाममा समानान्तर गतिविधि गर्नु हदैसम्मको अराजक र नक्कली गतिविधि हुन । तसर्थ यस्तो अराजक गतिविधिको दृढता पुर्बक भण्डाफोर गर्न हामी सम्पूर्ण पेसाकर्मी मित्रहरूमा अपील गर्दछौं ।
८ .अन्त्यमा, थप केही प्रकाश पारि दिनु हुन्छ कि ?
अनेकन चुनौतीलाई सामना गर्दै छोटो अवधिमा नै हामीले भब्यतापूर्बक सतौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका छौ। महाधिवेशनबाट निर्वाचित हामी सबै पदाधिकारी र सदस्यहरुका सामू महाधिवेशनले सुम्पेको अभिभारा पूरा गर्ने जिम्मेवारी आएको छ।
अब हामीले आ-आफ्नो ठाउँबाट उच्च जिम्मेवारी बोधका साथ महाधिवेशनले सुम्पेको अभिभारा पुरा गर्नु पर्दछ। तसर्थ महासंघका सबै तहका कमिटीलाई गतिशील बनाउने , नियमित बैठक भेला गर्ने ,योजनाबद्व कामलाई अगाडि बढाउने , पेशाकर्मीको सीप क्षमताका लागि रचनात्मक काम गर्ने र कार्य स्थलमा असल कार्य संस्कृतिू निर्माण गरेर ट्रेड युनियन आन्दोलनलाई मुलुकको आर्थिक(सामाजिक विकासका लागि महत्त्वपूर्ण शक्तिको रुपमा स्थापित गर्ने गरि हामीले काम गर्नु पर्दछ।
अन्त्यमा, देशभर बाट उपस्थित भएर प्रतिनिधिहरुले यश महाधिवेशनलाई भब्य रुपमा सफल बनाउन जुन भूमिका निर्बाह गर्नु भयो,साथै महाधिवेशन सम्पन्न गर्न आर्थिक एवं भौतिक रुपमा सहयोग गर्नु हुने सबैमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौ।