लमजुङ । नेकपा ( एकीकृत समाजवादी ) लमजुङको अगुवा कार्यकर्ता अभिमुखीकरण तथा भेला सम्पन्न भएको छ । आइतबार लमजुङ कृषि क्याम्पसको सभाहलमा पार्टीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
एकीकृत समाजवादी लमजुङ जिल्ला अध्यक्ष रामबाबु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिणपन्थी अवसरवादका विरुद्ध, क्रान्तिकारी धारको कम्युनिष्ट पार्टी निर्माणका लागि संगठन विस्तार तथा सुदृढीकरण अभियानमा विशेष ढंगले लाग्न निर्देशन दिनुभयो ।

नेता खनालले हाम्रो विद्रोह र नेपाली क्रान्तिको कार्यदिशाका बारेमा प्रशिक्षण दिनु भयो । कार्यक्रम केशवलाल श्रेष्ठले संगठन विस्तार तथा सुदृढीकरण विशेष अभियान र यसको प्रभावकारी कार्यान्वयन, वर्तमान परिस्थिति र हाम्रो दायित्व विषयमा प्रशिक्षण दिनुभयो । केन्द्रीय कमिटी सदस्यद्वय जुद्धविलास भण्डारी, अशोक थापा, केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा लमजुङका सहइन्चार्ज ऋषिकेश घिमिरे, केन्द्रीय परिषद सदस्य तथा सहइन्चार्ज इजन बराल, केन्द्रीय सल्लाहकार परिषद सदस्य शैलेन्द्र पिया, मात्रिका खनालले शुभकामना मन्तव्य तथा जिल्ला अध्यक्ष रामबाबु अधिकारीले अभियानको समग्र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य रण बहादुर घले, जिल्ला पदाधिकारी, सदस्य, पालिका, वडा तहका अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
भेलाले अनिता न्यौपानेको नेतृत्वमा ३१ सदस्यीय अनेमसंघ ( समाजवादी ), शुक बहादुर परियारको अध्यक्षतामा १९ सदस्यीय दलित मुक्ति संठगन र हरिराम न्यौपानेको अध्यक्षमा ११ सदस्यीय अखिल नेपाल किसान संघ जिल्ला कमिटीको गठन गरेको छ । कार्यक्रममा एक सय ३५ जनाको सदस्यता नवीकरण गरिएको, १६ जना पार्टी प्रवेश गर्नु भएको थियो कार्यक्रममा ५ जनाले एमाले परित्याग गरी पार्टी प्रवेश समेत गर्नु भएको थियो ।