काठमाण्डौ-वैशाख ७
नेकपा(एकीकृत समाजवादी) झापा काठमाण्डौ सम्पर्क मञ्च गठन भएको छ । झापाबाट काठमाण्डौ आएर बसोबास गर्ने नेकपा (एकीकृत समाजवादी) हरूको भेलाले ३५ सदस्यीय झापा काठमाण्डौ सम्पर्क मंचको गठन गरेको हो ।
अधिवक्ता कृष्ण न्यौपानेको अध्यक्षतामा, उपाध्यक्ष जोगेन्द्र प्रसाद चौंलागाईं र सरू रिजाल, सचिव घनश्याम रिसाल , सहसचिव बालकृष्ण गौतम, एङ्गीस प्रसाईं, बलराम आचार्य र कोषाध्यक्षमा जिनत शेख रहनुभएको छ ।
भेलामा केन्द्रिय सदस्यद्वय केदार संजेल र अशेष घिमिरेले मन्तव्य राख्नुभएको थियो । आफ्नो मन्तब्य राख्दै केन्द्रिय सदस्य अशेष घिमिरेले, झापा दक्षिणपन्थीहरूको जिल्ला होइन, क्रान्तिकारीहरूको किल्ला हो,यो प्रमाणित गर्ने गरि कम्युनिष्ट आन्दोलनलाई एकीकृत समाजवादी मार्फत पुनर्गठन गर्ने र यसलाई देशको पहिलो पार्टी बनाउदै जनतालाई संगठीत गर्दै क्रियाशील हुन आह्वान गर्नुभएको छ ।
निर्वाचित कमिटीलाई शपथ गराउंदै केन्द्रिय सदस्य केदार सञ्जेलले झापा काठमाण्डौ सम्पर्क मञ्चले यो स्थानीय चुनावमा कलम चिन्हलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउनुभएको छ ।
भेलामा पार्टीका निर्वाचन आयोग सदस्य खेमराज पौडेल, पेशागत जिल्ला कमिटीका अध्यक्ष सुर्य खत्री, अनेरास्ववियु उपमहासचिव मिलन राई, संपर्क कमिटाका नेताहरू अमर राउत, भुपालराज श्रेष्ठ, कमल सापकोटा, तिलक लोहनी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।