काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) को महोत्तरी काठमाडौँ सम्पर्क मञ्च गठन भएको छ । शनिबार भएको भेलाले गंगालाल कर्णको अध्यक्षतामा महोत्तरी काठमाडौँ सम्पर्क मञ्च गठन भएको हो ।
मञ्चको उपाध्यक्षमा विपेश कुमार चौधरी , सचिवमा कञ्चन कुमारी पाण्डे ,उपसचिवमा रौसन चौधरी ,कोषाध्यक्षमा नन्द किशोर साह चयन हुनु भएको छ । समितिको सदस्यहरूमा खड्ग बहादुर श्रेष्ठ, उषा पंडित , प्रेम कुमार महतो, सेजल साह रहेको जिल्ला सम्पर्क मञ्च गठन गरिएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय कमिटीका सदस्य एवम् सम्पर्क विशेष प्रदेश कमिटीका अध्यक्ष वीरवल काजी राई रहनु भएको थियो भने विशेष अतिथि केन्द्रीय कमिटीका सदस्य एवम् मधेश प्रदेश सम्पर्क कमिटीका इन्चार्ज सत्यनारायण यादव र केन्द्रीय कमिटीका सदस्य एवम् जिल्ला कमिटी महोत्तरीका इन्चार्ज जय कुमार चौधरी हुनुहुन्थ्यो, अन्य अतिथिहरूमा सम्पर्क विशेष प्रदेश कमिटीका उपाध्यक्ष नवराज तिमिल्सिना, उपसचिव केशर अधिकारी ,तारानाथ दाहाल, सदस्यहरू निर्माण पोखरेल, मुक्ति यादव, मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष बेदनाथ कोइराला, सचिव हरिदेव यादव, सदस्य गुलाव झा, केन्द्रीय परिषद् सदस्य एवम् महिला नेतृ अञ्जला झा, मधेश प्रदेश कमिटीका सदस्य पुनम जयसवाल, जिल्ला कमिटी महोत्तरीका उपसचिव अरुण कुमार सिंह र सिरहा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कमल यादव हुनुहुन्थ्यो । गुलाब झा को अध्यक्षता र निर्माण पोखरेलले सञ्चालन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि वीरवलकाजी राई, विशेष अतिथिहरू सत्यनारायण यादव, विजय कुमार चौधरीले नव गठित सम्पर्क मञ्चका कमरेडहरुलाई शुभकामना मन्तव्य सहित बधाई प्रदान गर्नु भएको थियो भने मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष बेदनाथ कोइरालाले शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमको समापनमा नव गठित सम्पर्क मञ्चका अध्यक्ष गंगालाल कर्णले प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो र केन्द्रीय परिषद् सदस्य एवम् महिला नेतृ अञ्जला झाले धन्यवाद मन्तव्य राख्नु भएको थियो।