काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न भईरहेका छन । हालसम्म ६१ जिल्ला अधिवेशन र २ वटा प्रदेशको अधिवेशन सम्पन्न भएको बताईएको छ ।
अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा कोशी प्रदेशका झापा, मोरङ ,संखुवासभा,पाँचथर,खोटाङ,इलामधनकटा,सोलुखुम्वु,ताप्लेजुुङ ,सुनसरी र उदयपुर रहेका छन् भने मधेश प्रदेश अन्तर्गतका सप्तरी ,सिरहा , धनुषा, महोत्तरी ,रौतहट र पर्सा रहेका छन् ।
त्यसैगरी बाग्मती प्रदेश अन्तर्गत काठमाण्डौ ,ललितपुर भक्तपुर, मकवानपुर ,चितवन ,धादिङ ,रुसुवा ,काभ्रे, सिन्धुपाल्चोक ,रामेछाप ,सिन्धुली र दोलखा रहेका छन् ।
यस्तै गण्डकी प्रदेश अन्तर्गतका कास्की ,मुस्ताङ ,स्याङजा,पर्वत ,वाग्लङु र तनहुँमा जिल्ला कमिटी गठन भएको छ ।
यस्तै लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही ,पाल्पा,रुकुम पूर्व, प्यूठान र दाङ जिल्ला सम्पन्न भएको छ भने कर्णाली प्रदेश अन्र्गत डोल्पा, दैलेख ,कालिकोट हुम्ला, रुकुमपश्चिम , सुर्खेत, जाजरकोट र सल्यानका जिल्ला अधिवेशनहरु सम्पन्न भएका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेश अन्तर्गत वझाङ ,अछाम ,कैलाली,दार्चूला ,वैतडी ,वाजुरा र कञ्चनपुरका जिल्ला अधिवेशनहरु सम्पन्न भएका छन् यस्तै कोशी प्रदेश र बाग्मती प्रदेशका प्रदेश अधिवेशनहरु सम्पन्न भएका छन् भने आगामी चैत्र ११ गते मधेश प्रदेश लुम्बिनीप्रदेश, गण्डकी प्रदेशका प्रदेश अधिवेशनहरुसम्पन्न हुने तयारी भएको प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हरीदेव यादवले बताउनुभयो ।
यसैगरी राष्ट्रिय महाधिवेशनको तयारी समेत तिव्र गतिमा भइरहेको उहाँले बताउनु भयो । आगामी चैत्रको २८ देखि ३० गते सम्म काठमाण्डौमा संगठनको राष्ट्रिय महाधिवेशनको तयारी भइरहेकोको र जसमा ७७ वटै जिल्ला र ७ वटै प्रदेशबाट करिव ५ सय वढी प्रतिनिधि र पर्यवेक्षक सहित विदेशी पाहुनाहरूको सहभागिता हुने बताइएको छ ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन विश्व समाजवादी श्रम संगठन ( डव्लु एफ टी यू ) समाजवादी शिक्षक संगठनको अन्तराष्ट्रिय सञ्जाल( फि से ) मा यही फाल्गुन १९ मा आवद्द समेत भइसकेको छ ।
हालै सम्पन्न पेशागत महासंघ नेपालको ७ औं राष्ट्रिय महासंघमाप्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट संगठनका उपाध्यक्ष हिक्मतबहादुर वस्नेत उपाध्यक्ष हरीप्रसाद जोशी ,सीताकुमारी ओझा ,भवानी खड्का र महासचिव हरीदेव यादव क्रमश उपाध्यक्षहरु ,उपमहासचिव,सचिव र सह-कोषाध्यक्षमा चयन हनु भएको छ भने १४ जना शिक्षकहरु समितिमा आवद्द हुनु भएको छ ।