काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाही उपचाररत गौतम थापाको अवस्था बुझ्न अस्पताल पुग्नुभएको छ ।
काठमाण्डौंस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्डट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहनुभएका थापाको अवस्था बुझ्न मन्त्री शाही आइतबार त्यहाँ पुग्नुभएको हो । बाजुराको बडिमालिका नगरपालिका ९ बस्ने ४ बर्षिया थापा उपचाररत अस्पतालमा पुगी उहाँले विरामको स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।
मुटु रोगको उपचारका लागि अस्पताल भर्ना हुनुभएका थापा अस्पतालको ६ सय १७ बेडमाउपचाररत हुनुहुन्छ । आइतबारबिरामीको अवस्था बुझ्न अस्पताल पुग्नुभएका मन्त्री शाहीले थापाको उपचार निशुल्क गर्ने ब्यवस्था मिलाइएको बताउनुभयो ।
आर्थिक अभावका कारण समयमा उपचार गर्न नपाउँदा अवस्था जटिल बन्दै गएको अवस्थामा मन्त्री शाहीले बिरामीको उपचार अस्पतालले निशुल्क गर्ने ब्यवस्था मिलाइएको बताउनुभयो । उहाँले बिरामी र गार्जेनको यातायात खर्चका लागि सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभयो । जिल्ला अस्पताल बाजुराको शैयामा छटपटीरहेका गौतमको विभिन्न सञ्चार माद्यममा समाचार प्रकाशन पश्चात उपचारको ब्यवस्था मिलेको हो । अभिभावक सँग पैसा नहुदाँ जिल्ला अस्पताल बाजुराको शैयामामृत्यु सँग जुधिरहेका थापाको उपचारमा समस्या भएको थियो ।
४ वर्षीय गौतमको मुटुमा समस्या भएर दुई ओटा भल्ब फेर्नुपर्ने अवस्थामा बाजुरामा उपचार सम्भव नहुदाकाडमाण्डौं लगिएको हो । लामो समय जिल्ला अस्पताल बाजुरामा उपचाररत थापाको अवस्था जटिल बन्दै गए पछि थप उपचारका लागि काठमाण्डौ.पुर्याइएको हो । हाल गौतमको उपचार मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्टसेन्टरमाभइरहेको छ ।
आफन्तले गत असोज महिना गौतमलाई उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौमा लगेका थिए । तर पैसानहुदा उपचार विना फिर्ता ल्याएको बुवा हिमालले बताउनुभयो । उहाँले असोजमा काठमाण्डौ लगेर पैशा नभएकै कारण फिर्ता ल्याइएको बताउनुभयो । बाजुरामा उपचार सम्भव नभए पछि काठामण्डौ लिनु पर्ने अवस्थामा आर्थिक अभाव हुदा समयमा उपचार गर्न नसकिएको उहाँले बताउनुभयो ।
बिरामी गौतमको अवस्था जटिल बन्दै गए पनि आर्थिक समस्याका कारण थप उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन नसकिने अवस्थामा लामो समय सम्म गौतम जिल्ला अस्पताल बाजुरामा मृत्यु सँग लडिरहेका थिए ।