काठमाडौँ । नेपाल दलित मुक्ति संगठन नेपालले सिरहामा भएको भोज सँग जोडिएर भएको जातीय विभेदको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ ।
सङ्गठनका अध्यक्ष गणेश विश्वकर्माद्वारा जारी विज्ञप्तिमा गाउँपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा आसीन उग्रनारायण यादवले आफ्नी आमाको १३ औं दिनको पुण्य थितिमा आयोजना गरिएको किरिया भोजमा दलित र गैरदलितको लागि अलग अलग साइनबोर्ड टाँसेर अलग लाइन बनाएर दलित समुदायमाथि गरिएको जातीय छुवाछूत तथा भेदभावको अमानवीय घट्ना प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको भनिएको छ ।
विज्ञप्तिमा नेपालको संविधान तथा प्रचलित कानूनलाई ठाडो चुनौति दिनेगरी जिम्मेवार पार्टी नेताहरू तथा सार्वजनिक पदधारण गरेका व्यक्तिहरू उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागत रुपमा संरक्षण गर्ने गरी घटाइएको यस घट्नाको जति विरोध गरेपनि कम हुन्छ । त्यसैले यस घट्नाको तत्काल सत्यतथ्यछानविन गरी घट्नामा संलग्न निज गाउँपालिका अध्यक्ष उग्रनारायणयादव लगातलाईकारवाही गर्न जोडदार माग गर्दछौँ भनिएको छ ।
सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवकी ममतामयी आमाको यही २०७९ फागुन १० गते असामयिक निधनप्रति सर्वप्रथम हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ सिराहबाट प्रकाशन हुने एक अनलाइन तथा सिराहा जिल्लामा कार्यरत दलित नेताहरूका अनुसार गापा अध्यक्ष निज उग्रनारायण यादवको आमाको किरिया भोजमा नेकपा ( एमाले ) सिरहाका समस्त नेताहरू आमन्त्रित थिए । र त्यही मौकामा सोही स्थानमा नेकपा ( एमाले ) सिरहा जिल्ला कमिटीको बैठक समेत राखिएको थियो । भोज खाने र पार्टी बैठकमा नेकपा ( एमाले ) का प्रदेश र प्रतिनिधिसभाका गरी आधा दर्जन बढी बहालवाला सांसद, आधा दर्जन बढी मेयर उपमेयरहरु र अन्य जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य, मधेस प्रदेश सहइन्चार्ज तथा पूर्व कानूनमन्त्री तथा समाज कल्याणमन्त्री लीलानाथ श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कृया भोजमा पानी चल्ने भनिएका गैर दलितहरुएकापट्टी बस्ने र पानी नचल्ने दलितहरूलाईअर्कोपट्टि बसेर भोज खाने व्यवस्था गरिएको थियो । त्यसैगरी मुस्लिमहरूका लागि अलग स्थानमा बसेर भोज खाने प्रबन्ध गरिएको थियो । जातिअनुसार पानी चल्ने उच्च जातकाहरु र दलितहरु बस्ने स्थानमा प्लेकार्ड अर्थात साइनबोर्ड नै लगाइएको थियो । दलितहरूलाई भोजन बाँड्ने स्वयंसेवकहरु पनि अलग थिए । भने गैरदलितहरुका लागि भोज पस्किनेहरु अलग थिए । भोजमा जातीय छुवाछूत गरिएकोमा प्रश्न उठाउने केही सचेत दलितहरूलाई स्वयंसेवकहरुले धपाएका थिए ।
विज्ञप्तिमा भनिएको छ यदि यस घट्ना प्रति वेवास्ता गरिए सो घट्नाको प्रतिरोधबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित निकाय नै हुने अवगत गराउन चाहन्छौं । साथै, यस अमानवीय घट्नाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग, मानवअधिकार समुदाय तथा न्यायप्रेमी नागरिक समाजहरुमा हार्दिक अपिल गर्दछौं भनिएको छ ।