रौतहट । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) को मधेश प्रदेश तथा रौतहटको वार्षिक उत्सव तथा बैठक सम्पन्न भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी रौतहटको पार्टी कार्यालय चपुरमा भएको उक्त कार्यक्रमले प्रदेशका उपसचिव प्रदेशी नारायण चौधरीलाई प्रदेश सचिवको जिम्मेवारीमा मनोनित गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीको स्थाई कमिटी सदस्य कल्याणी खड्काले सम्पूर्ण भूपू हरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आफु पनि भूपू परिवारको सदस्य भएको बताउँदै आफूहरूलेभूपूहरुका काम लाई नजिकवाट नियालिरहेको बताउनु भयो । उहाँले पार्टी अध्यक्ष माधव कुमार नेपालले भूपू हरुको बारेमा र बाहलवाला राष्ट्र सेवाको कर्मचारीहरुको समस्यालाई नजिक बाट बुझेको बताउनु भयो ।
संगठन का केन्द्रीय अध्यक्ष धन बहादुर कार्की र मधेश प्रदेश इन्चार्ज तथा सङ्गठनका केन्द्रीय सदस्य हरुले भूपू सैनिक तथा प्रहरी का समस्या नजिकबाट अन्तरक्रिया कार्यक्रम गराएर आफू हरुलाई प्राप्त सुझाव पार्टीको केन्द्रीय अध्यक्ष तथा सरोकार निकायमा पुर्याउने विचार व्यक्त गर्नु भयो उहाँले आम भूपूहरुका समस्या समाधानका लागि आयोग गठन गर्ने माग सरकार समक्ष पेश गर्ने तयारी गरेको भन्दै बहालवाला र भूपू सैनिक तथा प्रहरी हरुमा औषधि उपचारमा एकरूपता ल्याउनुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा संगठन का केन्द्रीय अध्यक्ष कमरेड धन बहादुर कार्की सेनाले कार्ड बनाएर सहुलियत दरमा वितरण गरिएको रासन त्रुटिपूर्ण रहेको, प्रहरी र आर्मी अफिसर्स र सिपाही नायक हबल्दारमा पाउन पर्ने सुविधा सहितका भत्ता वितरणमा त्रुटि रहेको पुलिस सेवा मा १५ वर्ष सेवा गरेर पेन्सन पाक्ने बेलामा विभिन्न साना तिना समस्या देखाई सेवाबाट जबर्जस्त हटाइने गरेका समस्या तत्कालीन माओवादी जन युद्धमा सेना प्रहरीहरूमा भएका समस्या समाधानमा राज्य उदासिन भएका सबालहरू उठान गर्नु भएको थियो ।
पार्टीका राष्ट्रीय हित सुरक्षा विभाग सदस्य टीका ब कार्की , संगठनका मधेश प्रदेशका इन्चार्ज हरि बहादुर अधिकारी, संगठन का केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज बाबुकाजी कार्की, युवा संघ का रौतहट जिल्ला अध्यक्ष आदित्य कुमार रजत हुनुहुन्थ्यो। कार्यक्रम को अध्यक्षता संगठन का केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज कृष्ण बहादुर खड्काले गर्नु भएको थियो। रौतहट जिल्ला कमिटी र मधेश प्रदेश कमिटी का पदाधिकारी तथा सदस्यहरू को बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम सङ्गठनका केन्द्रीय सदस्य तथा मधेस प्रदेश अध्यक्ष राम कुमार खड्काले सञ्चालन गर्नु भएको थियो।