काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले समुदायक साझा चाडपर्वहरूले आपसी सद्भाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास हुनुका साथै हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवद्धनमा पनि सहयोग पुग्ने बताउनु भएको छ ।
२०७९ सालको ग्याल्पो ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै नेता खनालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजु भाई , दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले शुभकामना सन्देशमा आजको दिनलाई खास गरि हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले विशेष परम्परागत साथै सांस्कृतिक महत्वका साथ मनाउने गर्छन । शेर्पा, हेल्मु, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे र मनाङ्गे लगायत अन्य धेरै समुदायको साझा यो पर्वले आपसी आपसी सद्भाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास हुनुका साथै हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन पनि हुन्छ ।
त्यसैले यो पर्वको सन्दर्भमा म सम्पूर्ण नेपाली जन समुदायलाई अझ बढी अग्रगति, प्रगति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नु भएको छ