धनगढी । नेकपा ( एकीकृत समाजवादी ) सुदूरपश्चिमले आयोजना गरेको ३ दिने प्रशिक्षण सम्पन्न भएको छ । सुदूरपश्चिमको धनगढीमा भइरहेको उक्त आवासीय प्रशिक्षणमा ४२ जना नेताहरूदीक्षित भएका छन् । समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको बारेमा पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रशिक्षण गराउनु भएको थियो ।
यस्तै दक्षिणपन्थी अवसरवाद विरूद्धको सङ्घर्षमा उपाध्यक्ष तथा पार्टी स्कुल विभाग प्रमुख प्रमेश हमाल पार्टी निर्माणमा जनवर्गीय संगठनहरूको भूमिकाको विषयमा पोलिटब्युरो सदस्य तथा पार्टी स्कुल विभाग सदस्य गणेश विकले पहिलो दिन प्रशिक्षण गर्नु भयो ।
यस्तै मंगलबार दोस्रो दिन पुँजीवाद प्रभुत्व र समाजवादी सङ्घर्षका बारेमा केन्द्रिय कमिटी सदस्य तथा पार्टी स्कुल विभाग सचिव अशेष घिमिरे , कम्युनिष्ट पार्टीमा आचरण र नैतिकता विषयमा स्थायी कमिटी सदस्य भानुभक्त जोशी , हाम्रो मार्गदर्शक सिद्धान्त र क्रान्तिको बाटोः सम्मानित नेता नेता झलनाथ खनाल , सुदूरपश्चिम प्रदेश विकासको लागि स्रोतसाधन, सम्भावना र चुनौतिः केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश कार्यवाहक अध्यक्ष शेर बहादुर कुँवर , पार्टी दस्तावेज ग्रुप अध्ययन । सहजकर्ता पोलिटब्युरो सदस्य रामकुमार ज्ञवाली, नेपालमा कम्युनिष्ट आन्दोलन विगत र वर्तमानः स्थायी कमिटी सदस्य उर्वादत्त पन्तले सहजिकरण गर्नुभएको थियो ।
यस्तै प्रशिक्षणको तेस्रो दिन बुधवार मार्क्सवादी दर्शन र संगठनात्मक सिद्धान्तः महासचिव बेदुराम भुसाल ,राजनीतिक अर्थशास्त्र र समाजवादी कार्यदिशाः सचिवालय सदस्य घनश्याम भुसाल र वर्ग वर्गसंघर्ष र सामाजिक मुद्दाहरूः पार्टी सचिव तथा सुप इञ्चार्ज गरिमा शाहले प्रशिक्षण गर्नुभएको पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभाग सचिव अशेष घिमिरेले बताउनु भयो ।
प्रशिक्षणका सहभागीहरूको मुल्याङकन सहित समापन भएको छ । सहभागीहरूलाई पार्टीका महासचिव डा. वेदुराम भुसालले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।