झलनाथ खनाल
जनवादी सांस्कृतिक आन्दोलन
१. जब देखि देश अर्ध सामन्ती र अर्ध उपनिवेशी अवस्थामा आयो तब नेपाली जनताको जनवादी सांस्कृतिक आन्दोलन पनि शुरु भयो ।
२. नयाँ जनवादी सांस्कृतिक आन्दोलनको सुरुवात
नेपाल कम्युनिष्ट पार्टी बनेपछि नयाँ जनवादी क्रान्तिकारी आन्दोलन सुरु भयो, र हाम्रो देशमा नयाँ जनवादी सांस्कृतिक आन्दोलन पनि सुरु भयो । त्यो भनेको सामन्तवाद र साम्राज्यवाद विरोधी सांस्कृतिक आन्दोलन हो ।
- अखिल नेपाल लेखक संघ
- संकल्प परिवार
- अखिल नेपाल लेखक संघ
- राष्ट्रिय जन साँस्कृतिक महासंघ
- राष्ट्रिय जनसांस्कृतिक महासंघ (समाजबादी)
३. समाजवादी सांस्कृतिक आन्दोलनको सुरुवात
- हाम्रो देशमा २०६२ -६३ मा पुँजीवादी ‐ जनवादी क्रान्ति सम्पन्न भयो । त्यसले जनताको सांस्कृतिक आन्दोलनमा पनि गुणात्मक फड्को ल्यायो ।
- अब हामी समाजवादी क्रान्तिको ऐतिहासिक युगबाट अघि बढ्न थालेका छौं ।
- त्यसको अनिवार्य परिणाम स्वरूप मुलुकमा समाजवादी सांस्कृतिक आन्दोलनको पनि सुरुवात भएको छ ।
४. सांस्कृतिक आन्दोलन भनेको के हो ?
- जब समाजमा नँया आर्थिक उत्पादन सम्बन्ध बन्छ ,तब नँया राजनीतिक संरचना विकास गर्छ ।
- जब समाजमा खास आर्थिक- राजनीतिक संरचना बन्दछ तब त्यसै अनुरूपको सांस्कृतिक संरचना विकास गर्नु अनिवार्य हुन्छ ।
- अब हाम्रो देशमा पूँजीवादी भडुवा संस्कृतिको व्यापक विकास हुनेछ र त्यसले दलाल पुँजीवाद र साम्राज्यवादको सेवा र चाकडी गर्ने संस्कृतिको विकास गर्नेछ ।
- यसका साथसाथै अर्कोतिर श्रमिक वर्ग र व्यापक जनताको दलाल पुँजीवाद र साम्राज्यवाद विरोधी संघर्ष विकास गर्दैछ । त्यसको अनिवार्य परिणामका रूपमा समाजवादी कलासाहित्य र संस्कृतिको नयाँ आन्दोलन विकास गर्दैछ र त्यसलाई जोडदार रूपले अघि बढाउनु पर्ने आवश्यकता छ ।
५. सांस्कृतिक आन्दोलनका बिभिन्न बिधाहरू
- जन साहित्यको विधा
- सामाजिक ‐सांस्कृतिक अध्ययन अनुसन्धानको विधा
- चलचित्रको विधा
- जनसंगीत विधा
- ललित कलाको बिधा ( हस्तकला,चित्रकला आदी )
- नाट्य विधा
- लोक साहित्य र भाषा विधा
६. हाम्रा सङ्घर्षका मोर्चाहरू
- हामीले समाजवादी क्रान्तिको प्रवाहलाई बिभिन्न मोर्चाबाट अघि बढाउनुपर्छ ।
१. आम वर्गसंघर्षको मोर्चा
२. महिला मुक्ति मोर्चा
३. छुवाछुत विरुद्धको मोर्चा
४. ट्रेड युनियन मोर्चा
५. युवा मोर्चा
६. संसदीय सङ्घर्षको मोर्चा
७. बुद्धिजीवी मोर्चा
८. सांस्कृतिक मोर्चा
तर सांस्कृतिक मोर्चा यी सबै मोर्चालाई परिवर्तन र रूपान्तरण गर्ने ब्यापक मोर्चा हो ।
७. हाम्रा आजका कार्यभारहरू
१. हामी सबै लेखक कलाकारहरूले वर्गीय दृष्टिकोणमा पारङ्गत हुनुपर्छ ।
२. हाम्रा सामु यति बेला तीन थरीका मानिसहरू छन्, उनीहरूलाई विश्लेषण गरेर हेर्नुपर्छ ।
- दलाल पूँजीवादीहरू , शोषकहरु , कमिसन खोरहरू , कालाबजारीहरू , भ्रष्टहरु , मुनाफा खोरहरु र विदेशका दलालहरू छन । तिनीहरूको हामीले विरोध, भण्डाफोर गर्नुपर्छ ।
- हाम्रा सहयोगी मित्रहरू बाम मोर्चाहरु,देशभक्तहरु र प्रगतिशील तत्वहरु छन । उनीहरूलाई आलोचना र सहयोग दुबै गर्नुपर्छ ।
- जनताको ब्यापक क्रान्तिकारी पंक्ति, जनयोद्धाहरm र असल कार्यकर्ताहरूको दृढ समर्थन गर्नुपर्छ, उनीहरूको प्रशंसा गर्नुपर्छ ।
- यसरी हामीले कसको विरोध गर्ने र कसलाई समर्थन गर्ने भन्ने कुरामा प्रष्ट हुनुपर्छ ।
४. हाम्रा संदर्भ सामग्रीहरू -
- हामीले आजसम्म विकास गरेको प्रगतिशील कला र साहित्यको राशी
- अहिले बिश्वमा बिकसित भएको प्रगतिशील र समाजवादी बिश्व साहित्य
- यी सर्दभ सामग्रीहरmको हामीले गहन अध्ययन गर्नुपर्छ । तिनीहरmले हाम्रो सैद्धान्तिक दृष्ट्रिकोण प्रष्ट पार्छन ।
५. हामीले आफ्नो वर्ग संस्कार गर्नुपर्छ
- हामीले आफु जन्मेको माथिल्लो वर्गको स्वार्थलाई छोड्नु पर्छ र क्रान्तिकारी श्रमिक वर्गको हित र दृष्ट्रिकोणलाई अगाल्नुपर्छ । (माओको दृष्टिकोण परिवर्तनको उदाहरण आफुलाई सुकिलो ठान्ने र जनतालाई मैला ठान्ने)
६. हाम्रा कला र साहित्य कसका लागि
- व्यापक श्रमजीवी वर्गका निम्ति
- भूमिहीन, गरिब र निम्न मध्यम किसानका निम्ति
- शहरी गरीबहरु र निम्न पूँजीपति बर्गका व्यापक जन समुदायका निम्ति।
- हाम्रा पार्टी समर्थकहरु, सदस्यहरु, कार्यकर्ताहरु र नेताहरूका निम्ति
- देशभक्तहरुका निम्ति
७.कला साहित्यको मुहान र श्रोत
- हाम्रा लेखक कलाकारहरूले यी जनताका भावना, चाहना, समस्या र उनीहरूको वर्गीय स्थितिलाई गहिरो गरी बुझ्नुपर्छ, ती कुराहरु नै हाम्रा कला, साहित्य र सिर्जनाका श्रोत र मुहानहरु हुन् । तिनीहरm नै हाम्रा बिशाल समाजवादी कला ,साहित्य र संस्कृतिका कच्चा प्रदार्थहरू हुन । तिनीहरूलाई कलात्मक रmपले प्रशोधन गरेर नै समाजबादी सांस्कृतिक आन्दोलनलाई अघि लान सकिन्छ र लानुपर्छ ।
- हामीले तिनै कच्चा पदार्थहरुलाई आफ्नो क्रान्तिकारी वर्ग दृष्टिकोण प्रयोग गर्दै, जनतालाई ब्युँताउने,उनीहरूलाई बर्ग सचेत बनाउने, विभिन्न आदर्श क्रान्तिकारी पात्रहरु खडा गरेर साहित्यको सिर्जना गर्नुपर्छ । हामीले यसो गर्दै प्रगतिशील कला र साहित्यबाट व्यापक जन जागरण गर्नुपर्छ ।
८. राजनीतिका पेच र किल्ला ः कला र साहित्य
- कला र साहित्य समाजबादी क्रान्तिको कार्यदिशा,नीति र सिद्धान्तका पेच र किल्ला हुन । ती पेच र किल्ला बिना समाजबाद निर्माण संभब छैन ।
९. जुन कला वा साहित्य क्रान्तिकारी हो, असल हों कसरी छुट्याउने
- त्यसले ल्याउने परिणामबाट ।
- व्यवहार नै सत्यको कशौटि हो।
- व्यावहारिक सफलता नै नीति सहि हुने मापदण्ड हो।
१०.आलोचना यो कला–साहित्य भित्र संघर्षको एउटा रुप हो, राजनीतिक दृष्टिकोण र कलात्मकता दुवैको संयोजन हुनुपर्छ । नँया कला साहित्यको सृजना गर्दा माक्र्सबादी सौन्दर्य शास्त्रको ज्ञानलाई गहिरो बनाउदै लानुपर्छ ।
११. जनतासँग एकाकार हुने
- हामीले व्यापक जन समूहसँग एक हुनुपर्छ र जनताको सेवामा समर्पित हुनुपर्छ ।
- ब्यापक जनता सम्म पुग्ने कार्ययोजना बनाएर काम गर्नुपर्छ ।
- हिजोको संकल्प परिवारको भावनाबाट सिक्नुपर्छ ।
- पूर्ब देखि पश्चिम सम्म र पहाड देखि तराई सम्मका गाँउ गाँउमा कला,साहित्य र संस्कृतिका लहरहरm संचालन गर्नुपर्छ ।
१२. हाम्रो लक्ष्य
- क्रान्ति हाम्रो लक्ष्य हो, बाटो हो, भविष्य हो, समाजको अग्रगतिलाई रोक्ने प्रतिक्रियावादी कला, साहित्यका रुपहरुलाई बिरोध र भण्डाफोर गदैँ एउटा स्वतन्त्र समाजवादी कला, साहित्य र संस्कृति निर्माण गर्नु र समाजलाई क्रान्तिकारी रmपान्तरण गर्नु हाम्रो लक्ष्य हो ।
१३. पार्टीको दायित्व
- कला, साहित्य र संस्कृतिको क्षेत्रलाई विकास गर्न पार्टीले बैचारिक, राजनीतिक, संगठनात्मक र आर्थिक सबै हिसाबले दरो सहयोग गर्नुपर्छ ।
- हामीले सबै आयामका कला र संस्कृतिलाई विकास गर्न स्थानीय र राष्ट्रिय दुबै हिसाबले अघि बढाउनुपर्छ ।
- उनीहरुका सृजनशीलतालाई प्रोत्साहन गर्नुपर्छ ।
- उनीहरुका संगठनहरु निर्माण गर्न सघाउनुपर्छ ।
- एउटा नेपाली विशिष्टताको राष्ट्रिय समाजबादी संस्कृतिको निर्माण गर्न दृढतापूर्वक अघि बढ्नुपर्छ ।
- हामीले सधैभरि बर्गीय राजनीतिक दृष्ट्रिकोणलाई अग्राधिकार दिनुपर्छ ।
- राजनीति र कलालाई कुशलतापूर्बक संयोजन गरेर अघि बढ्नुपर्छ ।
- पार्टीको नीतिगत मार्गदर्शनलाई हामीले कहिल्यै भुल्नु हुदैन ।
१४. प्रकाशन
- समाजबादी सांस्कृतिक आन्दोलनका सबै बिधाहरmले आ‐आफ्ना प्रकाशनहरm ब्यबस्थित रmपले प्रकाशन गर्ने काम गर्नुपर्छ ।
( राष्ट्रिय जनसाँस्कृतिक महासंघ(समाजबादी) केन्द्रीय कमिटिको पूर्ण बैठक एवम प्रशिक्षण कार्यक्रममा पार्टीका सम्मानित नेता क.झलनाथ खनालले राख्नुभएको मन्तब्य ) ०७९ माघ २८