काठमाडौं ।अनेरास्ववियूले वाग्मती प्रदेश कमिटी विस्तार गरेको छ । नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्वियूले वाग्मती प्रदेश अन्तर्गतका १० जिल्लाका प्रतिनिधिहरूको सहभागितामा प्रदेश कमिटी गठन गरेको हो । नवगठित कमिटीको अध्यक्षमा दिपक वुढाथोकी ,उपाध्यक्षहरूमा जयराम वाँस्कोटा , सरीता खाती र रिता सापकोटा , सचिवमा अरुण बर्तौला र सहसचिवमा प्रदिप न्यौपाने र सुजया लामा सर्वसम्मत चयन हुनु भएको छ ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट अनेरास्ववियूले १० वटै जिल्लाका जिल्ला इञ्चार्ज तथा संयोजकहरु समेत तोकेको छ । बैठकले स्ववियू निर्वाचनलाई मद्यनजर गर्दै वाग्मती प्रदेश अन्तर्गतका सबैक्याम्पसहरुमा आगामी फागुन १५ भित्र अनेरास्ववियूको गठन पूनर्गठनगरिसक्ने, सवै जिल्ला कमिटीको बैठकहरू आयोजना गर्ने र जिल्ला तथा क्याम्पसहरुमासङ्गठनका भेला बैठक तथा प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ ।
प्रदेश कमिटीको बैठकले तोकिएका जिल्ला संयोजकहरुमा रामेछापमा राजेन्द्र खड्का , दोलखामा पुष्प केसी ,काभ्रेमा रामेश्वर आचार्य ,सिन्धुलीमा सुमन पौडेल ,धादिङमासञ्जीवघिमीरे ,नुवाकोटमा ओम श्रेष्ठ ,मकवानपुरमा अरुण वर्तौला , चितवनमा जयराम बाँस्कोटा र रसुवामा सनथ देवकोटा रहेका छन् । त्यसैगरी अनेरास्ववियूलेसवै जिल्ला इञ्चार्जहरु समेत तोकेको छ । जस अन्तर्गत अरुण सिंजाली रामेछाप, करुणा विक र सन्तोष ढुँगेल दोलखा , रवि भण्डारी सिन्धुपाल्चोक , भिमवुढाथोकी सिन्धुली, मिलन थापा ,भुपेन्द्र ढकाल र वासुदेव कंडेल चितवन र सुलभ अधिकारीलाई मकवानपुरको जिम्मेवारी तोकिएकोअनेरास्ववियूका प्रशिक्षण विभाग प्रमुख नरेश न्यौपानेले जानकारी दिनुभयो ।
अनेरास्ववियूका वाग्मती प्रदेश कमिटी अध्यक्ष दिपक बुढाथोकीको अध्यक्षतामा बसेकोबैठकमा पार्टीका केन्द्रीय सदस्य , वाग्मती प्रदेश सचिव तथा प्रदेश विद्यार्थी इञ्चार्ज लक्ष्मण लम्साल,अनेरास्ववियूकाउपाध्यक्षहरुहिरेन्द्रशाही,यसु लामा ,माधव पन्त,केशरी रेग्मी र महासचिव आरती लामा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।