पोखरा । अनेरास्ववियू गण्डकी प्रदेशको आयोजनमा पोखरामा प्रदेश स्तरीय २ दिने अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।
माघ १३ र १४ गते भएको उक्त आवासीय प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिवालय सदस्य घनश्याम भुसालले हाम्रो समाजवादी आन्दोलन र विद्यार्थीहरूकोभूमिका भन्ने विषयमा सहजिकरण गर्नु भएको थियो । त्यसैगरी अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले वर्तमान विद्यार्थी आन्दोलनको कार्यभार तथा स्ववियु निर्वाचन भन्ने शीर्षकमा सहजिकरण गर्नु भएको थियो ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले समकालीन साम्राज्यवाद तथा नेपाली कम्युनिस्ट आन्दोलनको चुनौतीको विषयमा सहजिकरण गर्नु भएको थियो ।
यसैगरी मार्क्सवादी अध्येता ,वाम बुद्धिजीवी डा. खगेन्द्रप्रसाईंले समाजवाद र आलोचनात्मक ज्ञान प्रणाली ,नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पार्टी स्कुल विभागसचिव ,अशेष घिमिरेले पुँजीवादी प्रभुत्व र समाजवादी संघर्ष भन्ने विषयमा , अनेरास्ववियूकापुर्ब केन्द्रिय अध्यक्ष , नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तुल बहादुर गुरुङ्गले नेपाली विद्यार्थी आन्दोलनको समीक्षा भन्ने विषयमा प्रशिक्षण दिनुभयो । यसै गरी नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अत्यन्तै ब्यस्त समयको बावजुद कार्यक्रममा आएर हौसला प्रदान गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता अनेरास्ववियू गण्डकी प्रदेश कमिटीका अध्यक्ष ठाकुर पराजुलीले र सञ्चालन गण्डकी प्रदेश कमिटी सचिव पुजा परियारले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना अनेरास्ववियू उप महासचिव मेघनाथ चापागाईं र एकीकृत समाजवादी पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले राख्नुभएको थियो।
प्रदेश स्तरका ६० वढी नेता कार्यकर्ताहरु सहभागि उक्त कार्यक्रममा प्रशिक्षण क्लासको सहजीकरण अनेरास्ववियूका उप महासचिव राजन शर्मा पराजुलीले गर्नुभएको थियो ।