कलैया । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृतसमाजवादी ) बाराको जिल्ला अधिवेशन आगामी ३० बैशाखमा कलैया उपमहानगरपालिकामा हुने भएको छ ।
एकीकृत समाजवादी जिल्ला कमिटी बाराको सोमबार कलैयामा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला अधिवेशन ३० बैशाखमा गर्ने निर्णय गरेको हो ।
बैठकमा बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पार्टीका केन्द्रीय सदस्य किसान श्रेष्ठ, मधेस प्रदेशका सांसद लक्ष्मी देवी, पालिकामा पार्टीको तर्फबाट बिभिन्न पदमा निर्वाचित जनप्रतिनिधिलाई दोसल्लाओढाई सम्मानित गर्नुका साथै देश र जनताको पक्षमा काम गर्न शुभकामना दिइएको छ ।
बैठकले बिभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा समायोजन गर्दै उनीहरूलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
जिल्ला अधिवेशन अघि क्षेत्र, पालिका, वडाको अधिवेशन सम्पन्न गर्न, सदस्यता वितरण, नवीकरण लगायतका निर्णय समेत बैठकले गरेको छ । बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं मधेस प्रदेशका उपाध्यक्ष रामचन्द्र साहले संगठन विस्तार, निर्माण ध्यान दिन निर्देशन दिनुभएको छ ।
पार्टीका पोलिटब्युरो सदस्य एवं बारा इन्चार्ज दिनेश राईले पार्टीलाई शसक्त बनाउँदै अगाडिबढनुकोविकल्प नभएको भन्दै बारा जिल्लाको सबै पालिका, वडाहरूमा सदस्यता वितरण, नवीकरण लगायतका काम तीब्र रुपमा अगाडि बढाउँदै संगठनलाई बलियो बनाउँन काममा लाग्न निर्देशन दिनुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं सहइन्चार्जहरुश्रीप्रसाद पासवान, विभा कार्की, हिमाल खरेल, मधेस प्रदेश कमिटीका सदस्यहरु सुरेश मोदक, कृष्ण खनाल, गौरी ढकाल, शेशनाथ कुशवाहा, केन्द्रीय सल्लाहकार कमिटीका सदस्य छठु यादव, तेजप्रसाद चौधरी, निर्वाचन आयोग सदस्य बतहु यादव लगायतको विशेष सहभागिता रहेको थियो ।