काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र सम्बद्ध व्यवसायी संयुक्त प्यालन सहित चुनावमा जाने भएका छन् ।
संयुक्त प्यानलबाट माओवादीको समर्थनमा डा. ईश्वर जिसीलाई अध्यक्ष र एकीकृत समाजवादीको समर्थनमा बाबुराम खड्कालाई द्वितीय उपाध्यक्षको उम्मेदवार बनाई १७ सदस्यीय प्यानल तयार गरी आइतबार काठमाडौंमा उम्मेद्वार घोषणासभा गरेको छ ।
माघ ६ मा सम्पन्न हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा सङ्घलाईसर्वसम्मतिकोप्रयास वाट साझा उम्मेद्वारी दिने काम असफल भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्यानल तयार भएको बताइएको छ ।
घोषणा सभामा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको उपस्थितिमा घोषणासभा सम्पन्न भएको हो । सो प्यानलबाट जिसीको अध्यक्षतामा प्रथम उपाध्यक्षमा धनलाल जैसी, द्वितिय उपाध्यक्षमा बाबुराम खड्का तृतीय उपाध्यक्ष अनिल बोगटी, महासचिव मधुकर रिजाल ,सचिवमाटक्करबहादुर पाख्रिन, कोषाध्यक्षमा केदारनाथ अधिकारी,सदस्यहरुमा प्रेमबहादुर गिरी ,देविमायाथापा,एकनारायण काफ्ले, फिरोजखान,कामेश्वर साह, हरिबहादुर गिरी,सन्दीपपुडासैनी,गणेशकुवर, सरोज कुशवाह शिवबहादुर कुँवर रहनु भएको छ ।
घोषणासभामा नेकपा एकीकृत समाजवदीका उपमहासचिव प्रकाश ज्वाला, नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा , माओवादीका पोलिटब्युरो सदस्य लक्ष्मण पन्त, नेपाल वैदेशिक रोजगार संघका केन्द्रीय संयोजक विमल ढकाल आयोजक संस्थाका नरेन्द्र राउत लगायतले बोल्नु भएको थियो ।