धनगढी अछाम जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय संसद्का सदस्य निवर्तमान श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अहिले गृह जिल्लामा सरोकारवाला र मतदाता सँग भेटघाटमा व्यस्त रहनु भएको छ ।
निर्वाचन जिते पछि आफूले समालेको मन्त्रालयको कामका साथै पद तथा गोपनियताको सपथ ग्रहणमा सहभागी हुनका लागि राजधानी काठमाण्डौ रहँदा कुवरले आगामी दिनमा अछाम जिल्लाको चौतर्फी विकासका लागि तत्काल गर्नु पर्ने कामको लागि सरोकारवाला सँग छलफल अन्तरकृयामा व्यस्त रहनु भयो ।
माघ १ गते बैधनाथ धाममा मकर संक्रान्तिको अवसरमा आयोजित सास्कृती मेला महत्सोब २०७९ को उद्घाटन गर्न गृह जिल्ला अछाम पुग्नु भएका निवर्तमान मन्त्री कुवरले सेती लोकमार्गको साफेबगर देखि डोटी जिल्लाको सिमाना सम्मको ४० किलो मिटर सडकको अनुगमन गर्नुका साथै सडक निर्माणका बारेमा जानकारी लिनु भएको थियो ।
सेती लोकमार्ग अछाम खण्डको काम छिटोछरितो र गुणस्तरीय बनाउन आयोजना प्रमुख इन्जिनियर रमेश भट्टराईलाई सुझाब दिदै निर्माण व्यवसायीलाई सहजिकरण गरेर अघि बढ्न आग्रह गर्नु भयो ।
सेती लोकमार्ग निर्माणका लागि संघीय सरकारबाट आवश्यक बजेटको कुनै कमी नहुने बताउँदै निवर्तमान मन्त्री कुवरले आयोजना प्रमुख र सडक निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीले सडक छिटो निर्माण गर्नुका साथै गुणस्तरमा ध्यान दिनु पर्ने बताउनु भयो ।
सेती लोकमार्ग निर्माण भए पछि अछामको साफेबगर बाट कैलालीको बौनिया बजारमा पुग्न करिब ९० किलोमिटर मात्रै भएकोले प्रदेश राजधानी धनगढी र संघीय राजधानी अछाम ,बाजुरा बझाङ्ग र डोटी जिल्लाको सहज पहुँच हुने भएकोले आफ्नै कार्यकालमा सम्पन्न गर्न प्रतिबद्धता जनाएका निवर्तमान मन्त्री कुवरले कामलाई तिव्रता दिन कुनै कसुर बाकी नराख्न आग्रह गर्नु भयो ।
गृह जिल्ला अछामको बसाइको क्रममा निवर्तमान मन्त्री शेरबहादुर कुँवरले ठाटी बजारमा रहेको बुढिगंगा जल बिधुत आयोजनाको कार्यालयमा पुगेर कामका बारेमा कर्मचारीसँग जानकारी लिनु भएको छ ।