काठमाडौं । सरस्वतीनगर सुधार संघको १४औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो। काठमाडौं महानगर पालिका ६ न. वडा अध्यक्ष भुवन लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका सचिव शालिकराम तिमिल्सिनाले संघले सुधार संघको कार्य क्षेत्रभित्र आ.व. ०७७/ ०७८ र ०७८ / ०७९ मा गरेका कामहरुको कार्य प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संघका कोषाध्यक्ष बद्रीकुमार उपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथी का.म.पा.६ वडा अध्यक्ष भुवन लामाले सरस्वतीनगर सुधार संघले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रसम्सा गर्नुभयो । सुधार संघले एउटा वडा कार्यालयले गरे जतिकै सामाजिक बिकासका कामहरुलाई पूरा गर्न सफल भएको बताउनु भयो। आगामी दिनमा पनि सुधार संघले आफ्नो कार्य क्षेत्र भित्र गर्ने कामका योजनाहरुलाई स्थानीय सरकारको हैसियतले प्राथमिकताका साथ सम्पन्न गर्न सहयोग गर्ने बताउनु भयो। कार्यक्रमका सभापति एवं सुधार संघका अध्यक्ष पेशल कुमार पहाडीले आफु निर्वाचित भएर आएदेखी सुधार संघको कार्यक्षेत्र भित्र ढल, सडक कालो पत्रे, सडक ढलान, फोहोर मैला ब्यवस्थापन, सडक बत्ती लगाएत धेरै कामगरु सम्पन्न भएको बताउनुभयो। आगामी कार्यकालका लागि सरस्वतीनगर वासीले निर्वाचित वा सर्वसम्मत रुपमा अनुमोदन गर्ने कार्य समितिले पूरा गर्न बाकी कार्यहरु पूरा गर्ने अपेक्षा राख्नुभयो।
कार्यक्रममा बुनपा १० वडा अध्यक्ष नवराज भट्टराई, वडा नं.११ वडा अध्यक्ष राजु अधिकारी , वडा नं. १२ का वडा अध्यक्ष शम्भु भट्टराई, संघका सल्लाहकार रोजन गुरुङ, संघका पुर्व अध्यक्ष रघुनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा ६ नम्बर वडाका कार्यसमिति सदस्यहरु, शान्तिनगर टोल सुधार समिति अध्यक्ष शोभा खरेल ( उप्रेती ), सुधार संघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु लगायत सरस्वतीनगर वासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष अष्ठबहादुर गुरुङले राख्नुभएको थियो। साधारणसभाले २ वर्षे कार्यकालमा भएका कामहरुलाई अनुमोदन गर्दै आगामी कार्यकालको कार्यसमिति पदाधिकारीहरुको निर्वाचनका लागि स्थानीय समाजसेवी खगेन्द्र उप्रेतीको संयोजकत्वमा पाँच सदसिय निर्वाचन समिती गठन गरेको छ। कार्यक्रममा सुधार संघमा आर्थिक सहयोग गर्नुहुने चन्दादाता एवं समाज सेवीहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।