काठमाडौं ,चैत २७
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अबको लक्ष्य भनेको समाजवादको बाटो हुनुपर्ने बताउनु भएको छ ।
राजधानीमा शनिबार आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अन्याय र असमानतालाई हटाएर समृद्धिको सिद्धान्तमा हिँड्नुपर्ने बताउनु भएको हो ।
पार्टीले लिएको सहि विचारका कारणले जनताको माझ पार्टीको आकर्षण बढेकोे भन्दै अध्यक्ष नेपालले ‘हाम्रो पार्टीमा युवाहरूको आकर्षण समेत बढेको बताउनु भएको छ । पार्टी प्रवेशको लहर चलेको छ । ’विभिन्न प्रदेशमा पार्टी सशक्त रूपमा उदाएको उहाँको भनाई थियो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको बताउँदै कम्युनिस्ट आन्दोलनलाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको भन्दै एमाले दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएपछि आफूहरूले सहि विचार सहित विद्रोह गर्नुपरेको भन्दै समाजवादको झण्डा बुलन्द गर्नका लागि अर्को पार्टी निर्माण गर्नैपर्ने बाध्यता आएको उहाँले बताउनु भयो ।
अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिह्न कलम पनि भन्न थालेको भन्दै आफूहरूले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताउनु भयो । एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीलाई गफ गर्न र अरूको अपमान गर्न दिँदा हुने बताए ।इमान्दारी, निष्ठा, समर्पणले काम गरौँ । कसैले हामीलाई हेप्न नसकून् ।’
अध्यक्ष नेपालले भन्नुभयो ‘बिनाकामको भ्युटावर बनाउने काममा अर्बौं खर्च हुने गरेको छ । गेट बनाउने काममा करोेड रुपैयाँ खर्च भएको छ। भ्युटावर र गेट बनाउने खर्च गरेको रकम युवालाई बिना व्याज ऋण दिएको भए मानिस गाँस र बासको समस्याले छटपटाउनुपर्ने अवस्था आउने थिएन ।
सरकारको एक पैसाको पनि राम्रो सदुपयोग हुनुपर्छ ।’
अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिटो सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदै ।
नेपालले देश निर्माणको संकल्प र स्वाभिमानलाई बोकेर विदेशीहरूसँग मित्रताको सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो ।