इलाम ,असोज ११
नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट अखिल नेपाल किसान महासघँ जिल्ला कमिटी इलाम गठन भएको छ ।सूर्योदय नगरपालिका इलाममा सम्पन्न भेलाले शिब कुमार बस्नेतको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा नेत्रप्रसाद पराजुली र बिर बहादुर राई सचिव मदन खतिवडा , सहसचिव रितु थामी कोषाध्यक्षमा सूर्यकुमारी राई चयन हुनु भएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यता र अखिल नेपाल किसान महासङ्घ प्रदेश न. १ को मेची उपाध्यक्ष तारा नेपालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी ) का केन्द्रीय सदस्य प्रदेश न १ सकृती तथा पर्यटन मन्त्री खिनु लङवा लिम्बू , नेकपा ( एकीकृत समाजवादी ) का केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज राम चन्द्र पराजुली , केन्द्रीय सल्लाहकार परिषद सदस्य सूर्यबाला राई , एल बि सुब्बा ,केन्द्रीय सदस्य टेक बहादुर राई , केन्द्रीय परिषद सदस्य सावित्रा गडतौला , जिल्ला कमिटी अध्यक्ष भक्त केसी ,प्रदेश कमिटी सदस्य तथा बुद्धिजीवीसंगठन परिषद इलाम इन्चार्ज पुष्प ढुङ्गाना , प्रदेश कमिटी सदस्य डम्बर गदाल जिल्ला कमिटी सचिवालय सदस्य रण बहादुर राई नगर अध्यक्ष कमल गदाल युवा संघ स्थायी कमिटि सदस्य तथा इलाम इन्चार्ज पेमा उगेन लामा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा प्रमुख अतिथिपूर्व प्रधानमन्त्री खनालले जब सम्म किसान जागरुक हुन सक्दैन किसान माथि भएको शोषण दमन अत्याचार अन्त्य हुन सक्दैन तब सम्म देशको विकास हुन नसक्ने बताउनु भयो ।
“किसानको विकास नभए सम्म देशको अर्थतन्त्र सुदृढ हुन नसक्ने भएकोले किसानको हित र विकासको लागि नेकपा एसले अव नेतृत्व गर्छ ” लोकतन्त्र गणतन्त्र स्थापनामा नेपालका किसानको ठुलो भूमिका रहेको हुनाले किसानको उन्नतिप्रगती नै पहिलो आवश्यकता भएको खनालले बताउनु भएको छ ।
२०७४ सालमा भएको चुनावमा एमाले र माओवादी केन्द्र एक भएर जादा दुई तिहाइ बहुमत ल्याएर नेपालको इतिहासमै असाधारण विजय हासिल गरेको भएपनि त्यसपछि सरकारको नेतृत्व गरेका ओलीले पार्टी सगँ समन्वय नगरी एकलौटी ढगँलेअगाडि बढेको , नेपाली जनताको अपेक्षा किसानको अपेक्षा अनुसार भूमि सुधारको क्षेत्रमा कुनै प्रगति गर्न नसकेको किसानको आशा अनुसारको कार्यक्रम ल्याउन नचाहेको र पार्टी र सरकारलाई एकलौटी ढगँले चलाएकोले समाजवाद स्थापना गर्न नेपाली जनता किसानको हित अनुसार अगाडिबढ्दैसंविधानको रक्षाको लागि आफूहरूलेविद्रोह गर्न बाध्य भएको बताउनु भएको छ ।
गठबन्धनका दलहरु बिच सिट बाडफाडकोविषयमा छलफल जारी रहेकोले केही दिनमै यसको टुंगो लाग्ने बताउनु भयो । सबै नेता कार्यकर्ता भातृसंगठन गठबन्धनमा आबद्ध पार्टी शुभ चिन्तकलाई एकता बद्ध भएर गठबन्धनको उम्मेदवारलाई जिताउन लाग्न आग्रह गर्नु समेत गर्नुभएकोछ ।
नेकपा ( एकीकृतसमाजवादी ) प्रदेश कमिटी सदस्य रुपेश अर्यालले सञ्चालन गर्नु भएको कार्यक्रममा नेकपा ( एकीकृतसमाजवादी ) का इलाम जिल्लाभरका पार्टी पदाधिकारी भातृसङ्गठनकापदाधिकारी किसान मजदुर युवा लगायतको उपस्थिति रहेको थियो ।