डा. बालचन्द्र मिश्र
तिम्ले र हाम्ले ,झट्टै कुरा गर्ने, चट्टै छिन्यो फुनको तार
पशुपतिको गजुर, मोबाइल छैन हजूर , छिन्यो चट्टै ल्यान्डलाइन तार
जोर सालैको पातले, गरेँ दुबै हातले, सलाम अनि नमस्कार !
अतिथि र दर्शक, श्रोता एकीकृत, समाजवादी नमस्कार.......... ! १
गर्मी चर्को पुसको, डोरी बलियो भुसको, पार्टी गज्जब ओलीको
माक्सवाद थला परे, संघीयता मरे, मुल भट्ट हौ भोलिको
हामी कार्यकर्ता, अरु समेत मोर्चा, दुई तिहाइपुर्याइ दिऊँ
बनाऊ कम्युनिष्ट सरकार, श्रमिकको हकदार, भनी तिम्लाईसुर्याइदिऊँ
एकलकाँटे ढेडु, मति बिग्रयाभेडु ,संसद् आगो झोस्यौ है
जनताको बिचमा, भोटै माग्न लाज भो, देशकै भाग्य खोस्यौ है .......। २
मुख चै मिठ्याइ राख, कस्तो थियो शाख ,बाल्वाटारमा डुक्रेको
भयो देशलाई खति , बिगारेर मति बाल्कोट फर्की झोक्रेको ।
बोडिङ्गपढ्या ठिटो, लेख्छु छिटो छिटो दिनभरीको एउटै क
बालुवाटारे भाखा, सितल निवास आँखा, छोक्रा मात्रै बाँकी छ ।
मौसुफ बाले बक्से, नेताहरूको नाममा, केके केके केके ट्याग्
लाको र खाको, बाल्वाटारमैस्वाको , बाल्कोट फिर्दा सुनको ब्याग ।
भक्तपुरमा बिस्केट, लिङ्गो ढाल्ने जात्रा, मछिन्द्रको पाटन रथ
कठै बाबु राजा, श्री ३ भाथ्यौ आज, भयो यस्तो हविगत
आइ लभ यु’ नै भाथ्यौ,जयजयकारीलाथ्यौ, कठै कस्तो हविगत.....। ३
गुटबन्दी गर्ने, कान फुकेर मर्ने,
पुरानै त्यो बानी, नछोडेर नानी, कम्युनिष्ट पार्टी सिध्यायौं
दुई तिहाइकोसंसद , दोहोर्याएर आगो, झोस्यौ भस्म तुल्यायौ
ठिमी भन्दा पर, लुभू भन्दा वर, बाल्कोट भन्ने खल्पीटार
ठिमी टारको पाखो, मार्ने होइन माखो, गफैगफको चमत्कार
यति भने भो कि, मान्छे असन्तोकी, थारो गफको चमत्कार....... । ४
सिद्धान्तको कट्टु, फाल्दिसक्यो छट्टु, बाक्लै सुरुवाल सिलाइदेऊ ,
दिमाग सड्क्या होला, मति भड्क्या होला, ठोक्ठाक् पारी मिलाईदेऊ ।
एमालेमै कली, आयो झिल्का बली, छमछम् छमछम् नाचेर
सिद्धान्तुमै धाइरै, सुरुवाल छुट्यो बाइरै, मरिन्छ कि हाँसेर......। ५
लाग्यो असार महिना, घुम किनेकै छैन, घुम् किन न घुम् किन
पाए भोर्ला पातको, नभे स्यार्लेट जातको, बलियै छानी घुम किन
पानी जहाज नारा, मुर्ख बनाइँ साह्रा, नदी भारत सुम्पिन
देशमा नहर बाँधे, पानी जहाज बन्द, बाध्य जल्श्रोत सुम्पिन.....। ६
तीन काने बोको, चराउनलाई फोको,
कान पोलेर खान्छु, सिङ बजाउदै जान्छु, सितल निवास लस्केर
सपथ टन्नै खान्छुर्, त्यो पर्दैन’ भन्छु, हिहि... हाँस्छु मस्केर ।
कालीगाईले दिन्छ, छाकै पाथी दुध, तर काटेर पिएर
ओली बाउको हेपाइ, घट्दैन नि दश भाइ, चिन्ता मात्रै लिएर
ज¥याकजुरुक उठौं, मंसीर चुनाब जुटौं, कलम चिन्ह लिएर.....। ७
हिजो मात्रै खाको, नेपाल प्रख्यात भाको, भक्तपुरे बाक्लो दै
यहि छुच्चो मुखले, के के भन्यो होला, नरिसाउनु होला है
हरिसिद्धि थैब, हरेशिब दैब, मन्डन ज्याम्दी बाक्लो गाउँ
भन्दिन्छु म पैले, हतार भयो ऐले, लौ आजलाई बिदा पाऊँ
साउने संक्रान्तिमा, निम्ता गर्ने ज्वाइँलाई, तरकारी त घिरौंला । ८
कोरोनाले लगे, लौ यत्तिकै भैगो, बाँचे पैंचो तिरौला ।
जोगीमारा पैरो, त्रिशुली झन् गहिरो, गोर्खामुनी दरौदी
सलाम ठोकौं भने, चाउरी प¥या नाडि, नमस्कारै गरौ कि ।
यति भने भो कि, भन्नै पर्ने हो कि, नमस्कारै गरौ कि.......! ९