सिमरा ,भदौ ३०
सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धनआवश्यक रहेको बताउनु भएको छ ।
सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भन्नुभयो , काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भएपनि संविधान जोगाउन मिल्नु परेको छ । अझ बलियो एकता बनाउनु पर्ने छ । निर्वाचन पछि थप दल पनि एकतामा आउनेछन् ।
किसान श्रेष्ठले मापदण्ड अनुसार तनहुँ छोडनु पर्ने होइन तर पनि रामचन्द्र पौडेलका लागि उहाँ बारा ४ को उम्मेदवार बन्ने स्थिति बन्दै छ । जसले निर्वाचन क्षेत्र हेर्न सक्छ, देश हेर्न सक्छ, त्यसलाई हेर्नुपर्छ । अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन । जनताले यो कुरा बुझिसकेका छन् । मन्त्री चौधरीले थप्नुभयो ।
राम्रो मान्छे , दृष्टिकोण भएको मान्छे , पैसा देख्दा र्याल नचुहाउने किसान श्रेष्ठलाई जिताउने गरि प्रचारमा लाग्न मन्त्री चौधरीले निर्देशन दिनुभयो ।
एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहँदानचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । ओली घमण्ड , कुबुद्धि र सत्ता उन्मादले सडकमा पुगेको समेत उहाँले बताउनु भयो ।
गढिमाई मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको वार्षिक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै मन्त्री चौधरीले कार्यकर्ता भेटघाट पनि गर्नुभएको थियो ।