सुर्खेत ,भदौ २७
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । सोमबार सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न भेलामा नेकपा ( एकीकृतसमाजवादी ) कर्णाली प्रदेश कमिटी सदस्य तथा पूर्वभूपू सैनिक खड्कबहादुरकेसीको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि सङ्गठनका केन्द्रीय अध्यक्ष धनबहादुर कार्कीले कार्यक्रममा बोल्दै नेपाली वीर गोर्खाहरूले प्रथम विश्व युद्ध र द्वितीय विश्व युद्धमा नेपालको लागि ठूलो नाम कमाएको स्मरण गर्दै प्रमुख अतिथि कार्कीले भूपू सैनिक तथा प्रहरीहरूको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय महासचिव हरिशरण गिरीले भूपू सैनिक तथा प्रहरीहरूको संगठन औचित्य र आवश्यकताका बारेमा सांगठनिक संरचना विधान र पार्टीमा हाम्रो आवश्यकता किन भन्ने कुरालाई प्रष्ट पार्नु भएको थियो ।
महासचिव गिरिले आगामी दिनहरूमा सङ्गठनको मुख्य काम, कर्तव्यका बारेमा समेत उल्लेख गर्नु भएको थियो । कार्यक्रमका विशेष अतिथिका रूपमा पार्टी जिल्ला कमिटी सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालले भूपू सैनिक तथा प्रहरीमा आवद्ध व्यक्तिहरूलाई एकीकृत गरि कर्णाली प्रदेशको समग्र विकास तथा समृद्धिका लागि ठोस नीति तथा कार्यक्रम बनाई आवश्यक पहल गर्न सकिने बताउनु भयो ।
कर्णाली प्रदेशलाई हरेक क्षेत्रबाट माथि उठाउन समाजमा रहेका हरेक सिर्जनशीलव्यक्तिहरूले सहयोग पुर्याई समृद्ध कर्णाली बनाउन सबैको सहयोग आवश्यक पर्ने धारणा व्यक्त गर्नु भयो । कर्णाली प्रदेश स्तरीय भेलाबाट भूपू सैनिक खड्कबहादुर केसीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा खड्कबहादुर रावल, सचिवमा रणबहादुर कार्की, सदस्यहरूमा टेकबहादुर थापा ,चक्रबहादुर रावल, रतन हिस्की मगर, नरेश बुढाथोकी, टेकबहादुर गुरुङ, अमृत रावल लगायत रहनु भएको छ ।
साथै सुर्खेतमा पूर्णलाल तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी र दैलेखमा अमृतबहादुर रावलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।
भेलाले कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा पनि भूपू सैनिक प्रहरी हरूको संगठन विस्तार गरि सदस्यता वितरण अभियानलाई सफल पार्ने निर्णय गरेको सङ्गठनमा महासचिव हरिशरण गिरिले जानकारी दिनु भयो ।