काठमाडौ , भदौ २७
नेकपा ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालको तारा अंकित झण्डा किर्गिस्तानको ‘लेनिन पिक’मा फहराइएको छ ।
दोलखा जिरीका हिमाल आरोही लालबहादुर जिरेलले युवा संघको तारा अंकित झण्डा लेनिन पिकमा फहराउनु भएको हो । करिब एक महिना अघि युवा संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले आरोही जिरेललाई आरोहण सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गर्नुभएको थियो । ।
सर्वोच्च शिखर सगरमाथा सहित साना-ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएका जिरेल ‘लेनिन पिक’ चढ्न युवा संघको झण्डा सहित किर्गिस्तान पुग्नुभएको हो । उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराएका उनलाई युवा संघका अध्यक्ष नरेश शाहीले आरोहण सफलताको शुभकामना सहित नेपालको पहिचान विश्व माझ पुर्याउन गरेको प्रयासको प्रशंसा व्यक्त गर्नुभएको छ ।
एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहनु भएका जिरेल प्रसिद्ध हिमाल आरोही हुन् । स्थानीय निर्वाचन-२०७९ मा जिरी नगरपालिका वडा नं . ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहनु भएका जिरेल यस अघि पनि २ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरि सक्नु भएको छ ।
उहाँले मनास्लु, डवलम , पुमरी , मेरा पिक, सिंगा चुली, टेनपिक , दम्पोस पिक, लार्के पिक, अम्विगेप्चेन , आइसल्याण्ड पिक, लवुजे पिक, सोलु पिक, लाङसिसरी , नयाँकाङ , एलापिक , रमुदङ , खाम्सेकु लगायत २६ बढी हिमाल रोहण गरिसक्नु भएको छ । जिरेलले यस अघि पनि किर्गिस्थानको लेनिन पिकको आरोहण गरिसक्नु भएको छ ।