जापान, टोकियो भदौ २६
नेकपा ( एकीकृत समाजवादी )ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ । यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च जापानको भेला सम्पन्न भएको छ।
नेकपा ( एकीकृत समाजवादी ) स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामाजुम अनलाइन मार्फत भएको जापानको भेलाले दोर्ण सिलवालको अध्यक्षमा २३ सदस्यीय राष्ट्रिय संगठन कमिटी गठन गरेको हो।
राष्ट्रिय कमिटीको तीन जना उपाध्यक्षहरूमा मञ्जु गिरी, तिलक दाहाल, हरि लामिछाने रहनुभएको छ भने सचिव टक्कर कुवँर , उपसचिव सचिन नेम्वाङ र कोषाध्यक्ष श्रीकृष्ण अर्याल चयन हुनुभएको छ ।
त्यसैगरी समितिको सदस्यहरूमा माधव आचार्य, एसपी कपिल, भुवन घिमिरे, विष्णु थपलिया, डिल्ली पौडेल, बिनोद दाहाल, विश्वास न्यौपाने, निर्प कँवर , शिक्षा सत्याल, रत्ना कुवँर , सुमित रोकाया ,दिनेश खनाल ,रेयन भट्टराई ,कृष्ण धमला, नकुल तिमिल्सिना, प्रल्हाद अधिकारी, जनकराज मंडेल, तुलराज पाण्डेलाई सदस्यको जिम्मेवारी दिएको छ। कमिटीको सल्लाहकारमा राजेन्द्र भट्टराई, दीनेश राज ज्ञवाली, राजु कार्की ,सागरमणि भण्डारी, भोजराम भण्डारी, प्रकाश महरा रहनु भएको छ ।
कमिटीका अध्यक्ष सागर रिजालको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहले वर्तमान राजनैतिक परिस्थितिको बारेमा र समाजवादी आन्दोलनमा प्रवासी संगठनको भूमिका तथा दायित्व बारे प्रकाश पार्दै सपथ गराउनु भएको थियो ।