अत्तरीया , भदौ १७
युवा संघ नेपालले महाकाली मेची जागरण अभियान अत्तरिया बाट चौमला तर्फ लागेको छ । आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट अभियान सुरु भएको हो ।
बिहान महाकाली नदीमा नुहाएर सुरु भएको अभियानले महेन्द्रनगरमा खुल्ला कार्यक्रम समेत गरेको थियो । अभियानको टोली आज हलपुरमा गएर वास बस्ने कार्यक्रम रहेको युवा संघका उपमहासचिव, प्रचार विभाग प्रमुख सन्जिप राईले बताउनु भयो
अत्तरियामा युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेल ,सुदुरपश्चिम् प्रदेश मन्त्री दीर्घ सोदारी सुदुरपश्चिम् प्रदेश अध्यक्ष हर्क सिंहले बोल्नु भएको थियो । कार्यक्रमको अध्यक्षता युवा संघको सुदुरपश्चिम् प्रदेशका अध्यक्ष बाबुराजा श्रेष्ठ र संचालक प्रदेश सचिव मोहन साउदले गर्नुभएको थियो ।
कञ्चनपुरको महेन्द्रनगरबाट शुक्रबार बिहान सुरु भएको अभियान महाकाली नदीमा नुहाएर प्रारम्भ भएको थियो ।
सो अवसरमा युवा संघको नेतृत्वमा गएको टोलीले सिमानामा राष्ट्रिय झण्डा गाड्दै राष्ट्रियताको पक्षमा नेपाली युवाहरू निरन्तर लागी पर्ने प्रतिवद्धता जाहेर गर्दै कोणसभा समेत सम्पन्न गरेको थियो ।
कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव तथा मोर्चा विभाग प्रमुख डा . विजय पौडेल ,राष्ट्रिय सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम इन्चार्ज गरीमा शाह , श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री तथा पार्टीका नेता शेरबहादुर कुँवर , पार्टीका पोलिटब्युरो सदस्य तथा युवा संघ नेपालका इन्चार्ज दिलु पन्त ,पार्टीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले सम्बोधन गर्नुभएको थियो ।
जागरण अभियान भदौ १५ देखि २३ सम्म महाकाली मेची जागरण अभियानको रुपमा तराईका २२ जिल्ला हुँदै मेची नदीमा पुगेर टुंगिने छ ।