विराटनगर, भदौ ११
नेकपा ( एकीकृत समाजवादी ) सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं .१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राइ सहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं . १ बाट मुख्यमन्त्री राइ सहित लक्ष्मण चौधरी र पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटी सचिव बसन्त सुवेदीका अनुसार, बैठकले सोही निर्वाचन क्षेत्र नं . १ अन्तर्गत प्रदेश सभा सदस्य क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ । प्रदेश सभा ख’ तर्फ रेवतीरमण राइ , अमृता रामदाम र श्यामनारायण राज धामीको नाम सिफारिस गरिएको छ ।त्यस्तै, इटहरी र इनरुवा केन्द्र रहेको निर्वाचन क्षेत्र नं . २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको सिफारिस अर्को बैठकले गर्ने सचिव सुवेदीले बताउनुभयो ।
यस्तै, दुहबी केन्द्र रहेको निर्वाचन क्षेत्र नं . ३ बाट प्रतिनिधि सभा सदस्यमा मो.जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ।क’ मा केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेश सभा सदस्य ख’ मा रामचन्द्र मटियैत , दीपक राई र रेखा गुरुवर सिफारिसमा पर्नुभएको छ । सुनसरी जिल्लाको दक्षिणी भेग समेटिएको निर्वाचन क्षेत्र नं . ४ बाट केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ ।
यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र शवनम आरीको नाम सिफारिस गर्ने निर्णय गरिएको सचिव सुवेदीले बताउनुभयो ।