रसुवा ,भदौ ५
नेकपा ( एकीकृत समाजवादी ) रसुवा जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । सोही भेलामा नेपाल कृषि मजदुर संगठन रसुवा जिल्ला कमिटी समेत गठन भएको छ ।
शनिबार भएको भेलाले प्रदीप लामिछाने अध्यक्ष रहेको समिति गठन भएको हो जस्को उपाध्यक्षमा निर्मला न्यौपाने ,सचीवमा रामहरी न्यौपाने ,उप सचिव काजी बहादुर घले ,र सदस्यहरू कमल बहादुर घले, बुद्धि घाले , लकिया तामाङ समेमकाजी गुरुङ रहने गरि कमिटी गठन भएको छ।
भेलाले अखिल नेपाल महिला संघ रसुवा जिल्ला कमिटी पनि गठन गरेको छ । जसको अध्यक्षमा अप्सरा रिजाल ,उपाध्यक्ष सीता कुमारी न्यौपाने ,सचिव लक्ष्मी रेग्मी भट्ट ,कोषाध्यक्ष सावित्री ढुङेल ,सदस्यहरु श्यामा छेकी तामाङ चिनिमाया विश्वकर्मा मिया स्याङमो तामाङ , पासाङ तामाङ र भगवती धमला रहने गरि जिल्ला कमिटी गठन भएको छ ।
नेकपा ( एकीकृत समाजवादी ) का उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यता अतिथिहरू केन्द्रीय सदस्य साङ्तेम्पा तामाङ ,राष्ट्रिय परिषद सदस्य तथा नेपाल कृषि मजदुर सङ्गठनका केन्द्रिय अध्यक्ष उत्तर बहादुर खड्का ,बाग्मती प्रदेश सदस्य क भरत वगाले राष्ट्रिय परिषद सदस्यहरु ,यादव गजुरेल ,र गगाँ विश्वकर्मा लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज क केदार न्यौपानेले हाम्रो पार्टीको वर्तमान राजनीति वस्तुस्थिति र आगामी रणनीतिको बारेमा प्रकाश पार्नु भयो । यस्तै यादव गजुरेलले पार्टीको कार्यकर्ताको अनुशासन र कमिटी बिस्तार गर्ने बारेमा र उत्तर बहादुर खड्काले ट्रेड युनियन गठन र नेपालमा कृषि मजदुर संगठनको आजको आवश्यकता र त्यसको महत्त्व बारे प्रकाश पार्नु भएको थियो ।
जुन बैठकको सञ्चालक जिल्ला कमिटी सचिव शिव लामिछानेले गर्नु भएको थियो भने अध्यक्ष जिल्ला कमिटीको अध्यक्ष बिष्णु देवकोटाले गर्नु भएको थियो।