खड्ग बहादुर गिरी
२०४६ साल श्रावण ५ गते जस्तो लाग्छ ,नेपाल ट्रेडयुनियन महासंघ गठन भएको ,काठमाडौँको लगन भन्ने ठाँउमा , तत्कालीन नेकपा मालेका थुप्रै आदरणीय नेताहरूको उपस्थित थियो । मलाई सम्झना भएसम्म ललित बस्नेतको नेतृत्वमा निवर्तमान प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल महा सचिव तोकिनु भयो, वर्तमान नेपाल ट्रेडयुनियन महासङ्घका अध्यक्ष बिनोद श्रेष्ठ कोषाध्यक्ष तोकिनु भयो ,अरु धेरै मजदुर नेताहरूको पदीय जिम्मेवारी तोकियो, अहिले सबैको नाम याद हुन सकेन।
सायदै त्यतिबेला पद र प्रतिष्ठाको लागि चाकडी गर्ने उछिन पाछिन गर्ने चलन थिएन, जसले जे जिम्मेवारी पायो त्यही काम गर्थे, जो सँग जिम्मेवारी थिएन, तिनीहरू पनि त्यतिकै जिम्मेवार ढंगबाट काम गर्थे , काम गर्नको लागी समय कठिन थियो, निरंकुश राजशाही पञ्चायती व्यवस्था थियो ,सबै राजनैतिक संघ संस्था माथि प्रतिबन्ध थियो ।
प्राय सबै नेताबाट विश्व मजदुर आन्दोलन र नेपाली मजदुर आन्दोलनका बारे चर्चा परिचर्चा भएको थियो ।
मैले त्यतिबेला सुनेको शब्दहरू, रुसी महान अक्टोबर क्रान्ति ,चिनियाँ सांस्कृतिक क्रान्ति ,पेरिस कम्युन, अथवा विश्व कम्युनिस्ट आन्दोलन र त्यो सँग सामिप्य रहेको विश्व मजदुर आन्दोलन , अनि कम्युनिस्ट आन्दोलन र मजदुर आन्दोलनको सम्बन्ध पानी र माछा जस्तै, अमेरिकको शिंकागो मा रहेको फेडाताल्फिया भन्ने सहर र त्यहाँको मजदुर आन्दोलन अनि अन्तर्राष्ट्रिय मे दिवस, यस्ता अनेक अनेक उच्चस्तरीय शब्द मेरो कानले श्रवण गरेको थियो।
त्यतिबेला म १९ वर्षको थिएँ ,जति बेला म होटल मजदुर थिँए , १९ वर्षको युवा मनस्थितिले मनमनै सोच्थ्यो वाह म यस्तो संगठनको सदस्य हुँ श्रमिकहरूको समृद्दिका निमित्त यो सङ्गठनले उच्च नेतृत्व दिने छ, श्रमजीवी जनताको सरकार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ, श्रमिकहरूको भोकको विरुद्ध लड्ने छ, श्रमिकको रोगको विरुद्ध लड्ने छ, श्रमिक समृद्ध अभियानको मूल नेतृत्व लिनेछ,।
आज करिब ३४ वर्ष भयो ,त्यो संस्थाले मन्त्री पायो ,संस्थापक महा सचिव संविधानसभाको सदस्य हुनुभयो प्रधानमन्त्रीको मुख्य सल्लाहकार हुनुभयो ,कैयौँ लाई माननीय बनायो, कैयौँ आज पनि माननीय हुनुहुन्छ ,चाहे केन्द्रमा होस वा प्रदेमा ,। आफूलाई सर्वहारा श्रमजिविको प्रिय पार्टीको नाममा झण्डै दुई तिहाई मतको सत्ता संचालन पनि नभएको होइन ।
तर आज दुर्भाग्यपूर्ण भन्नै पर्छ, त्यति बेला हामि सहभागी भएको ट्रेडयुनियन आन्दोलनले ३४ बर्ष पार गर्यो ,संगठन निर्माण भयो, कमिटीहरु निर्माण भए, लाखौ सदस्यहरु बनेका छन् ,तर श्रमिकको जिवनस्तर उहीँ पिडादायि, जनसंख्याको दुई तिहाई हिँस्सा युवा देशमा रोजगार नपायर बैदेशिक रोजगारको नाममा आसु र पसिना चुहाँउदै अरब खाडिका पचास डिग्रीको घाममा भबिश्य खोजिरहेका छन् ।
श्रमजीवी नागरिकको बिषयमा निर्णय गर्नु पर्ने सॅगठन,नेपाल आमाको छात्तिबाट ऐक मुठ्ठी माटो लिएर ती माहान श्रमिक सहिद हरुको अनुहार सम्झनु पर्ने संगठन। जस्ले रैतिबाट नागरिक बनाउन आफ्नो जिबन साहदत प्राप्त गरेका नागरिक अधिकारका लागि आफ्नो जिबन उत्सर्ग गरेका ति र तिनका परिबारलाई सम्झनु पर्ने संगठन। त्यो आज गैह्र मजदुरको चंगुलमा फसेको छ,ठुला पॅुजि पति र दलाल पॅुजि पतिका कानुनि सल्लाहाकार त्यो संगठनका नेता भएका छन्, (अहिले त माहासचिव नै पूर्ब शिक्षकलाई वनाएका छन्श्र) मजीवी नागरिकको बिषयमा निर्णय गर्नु अघि तिनिहरुले कहिल्यै अन्तरास्ट्रिय बिमानस्थलमा गएर अरबका खाडिबाट बाक्सामा भरिएर आएको युवाकको अनुहारलाई कहल्यै हरेनन्।
केवल संगठनको नाममा अधिकागंस गैह्र श्रमिकलाई विदेश भ्रमण गर्न गराउने सेमिनार भत्ताको नाममा लाखौ रकम कमाउने बाटो बनाए तर ति युवाको अनुहारमा बगेको रगतलाई मानवता रुपि आँखाले कहिल्यै देखेनन ,त्यहि बाक्सामा अंगालो हालेर बलिन्द्रा धारा आसु बगाउँदै मर्दै र बौरिदै गरेकि उस्को आमालाई कहल्यै देखेनन। उनिहरुले त सदस्य वनाए, सदस्य बनाए अनि फेरी सदस्य तिनै सदस्यको ढाडमा टेके टाउकोमा टेके मजदुसंग सम्बन्धितअन्तराष्टिय संघ सस्थाहरुलाई हाम्रा यति सदस्य छन भनेर देखाउने देश बिदेश सयर गर्ने पहॅुच हुनेहरुले सत्ताको,पदको आनि पैसाको रस्वस्वादन गर्ने उनिहरुको काम त्यतिनै रह्यो ।
कहल्यै कारखाना कस्तो हुन्छ भनेर नदेखेका समभ्रान् हरुलाई श्रमिक र तिनका परिवारका यस्ता पिडा कसरी थाहा होस।, उनिहरुलाई त केवल श्रमिकका नाममा राजनिति गर्नु छ,देश बिदेश सयर गरनु छ,लाखौ सेमिनारका नाममा भत्ता पचाउनु छ सत्तामा पुग्नु छ । दलाल पॅुजिपतिका सल्लाहाकार र सेवकलाई के थाहा अरबका खाडिहरुमा पसिना झारिरहेका युवालाई खाडिका ठाँउहरुमा कत्ति बेला जीवन क्षति भएर बाक्सामा प्याक भएर नेपाल पुग्नु पर्ने हो भनेर,तर्सित मनहरुका पिडा।
झण्डै २ बर्ष देखि कोरोना माहामारिले संसार अक्रान्त थियो नेपाल पनि त्यसबाट अक्षुतो रहेन ,श्रमजिविहरु अत्यन्तै पिडादाई अवस्थामा थिए जतिबेला श्रमजिवि जनताको प्रिय भनिएका के पी बा को नेतृत्वमा झण्डै दुई तिहाइको सरकार थियो, त्यो सरकार श्रमिकहरुको बारेमा केवल शब्द रुपि मात्रै भयो कर्मरुपि भएन आज आफ्नै कारण,अहङ्कार दम्भ घमण्डले सडकमा पछारियको छ ।
श्रमजिविको भनिनि सरकारले श्रमिकको रोग र भोकको उचित ब्यवस्थापन गर्नु पर्थ्यो , भोकको कुरा त परै जावस मौलिक हकले अंगिकार गरेको रोगको उपचारबाट पनि पन्छियको थियो। यस्तो अबस्थामा आफूलाई लाखौ मजदुरहरुको प्रिय संगठन भनेर कहिल्यै नथाक्ने नेपाल ट्रेडयुनियन माहासंघ आफूले श्रमिकहरुको पक्षमा केही गर्न त परै जावस ति पिडा भोगिरहेका श्रमिकहरुको पक्षमा एक शब्द पनि बेलेन अझ बोल्न त परै जावस हरेक प्रतिस्ठानहरुमा श्रमिकका बिरुद्ध मालिक संग निलेर पैसा खादै कैयौं श्रनिकका विचल्लि पारेका छन।
उनिहरुले मालिकहरुको र तत्कालिन सत्ताको चाकडी मात्र गरे ,बा बा आई लभ यु भन्दै भित्तामा फोटो टास्ने काम मात्र गरे, लाखौ श्रमिकको पिडालाई सिनेमाको डॅाकुले सर्बसाधरणलाई पिडा दिएर रमाईलो हेरे जस्तो पिडा दिदै रमाइलो हेरिरहे । त्यसको नेतृत्व केवल सत्ताको चाकडि नगर्ने,सत्ताको दलालि नगर्ने र श्रमिकहरुको पक्षमा काम गर्नु पर्छ भनेर लाग्नेहरुलाई हतोत्साहित गर्ने र कार्वाही गर्ने काममा ब्यस्त भयो, श्रमिकहरुको भरोसाको केन्द्र भनिने संस्था आज यस्तो अवस्था पुग्दा वा भन्नू पर्दा त्यसको नेतृत्वले दलाल पुजिपतिको शेवा गर्ने र श्रमिकहरुमाथि अपमान गर्न कुसंस्कारले हामी श्रमिकहरु निशब्द छौ र तेसैले हामिले एकिकृत ट्रेड युनियन माहासंघ निर्माण गर्यौ । अन्त्यमा भन्छौं सत्ता श्रमिकको कहल्यै आफ्नो हॅुदैन त्यो पहिलेको वा अहिलेको।
हामी आब्हान गर्छौ आदरणीय देश बिदेशमा रहनुहुने मजदुर साथिहरु श्रमिक बिरोधी सत्ता र दलाल ट्रेड युनियनको बिरुद्ध टाउकोमा कफन बॅाधेर एक चोटी संघर्षको उद्घोष गरौ , यस्तो संघर्ष गरौ।त्यस्तो संघर्ष कसैलाई सत्तामा पुर्याउन वा कसैलाई सत्ताबाट झार्न नहोस् , त्यस्तो संघर्ष होस हामि श्रमिकले आफ्नै सम्मानका निमित्त, आफ्नै आधिकारका निमित्त, आफ्नै स्वाभिमानका निमित्त , हामिले अरुका निमित्त धरै लड्यौ अब लडौ एक चोटी आफ्नै निमित्त।
(लेखक एकीकृत ट्रेडयुनियन माहसंघ नेपालका केन्द्रीय कमिटी सदस्य तथा स्वोरोजगार यतायात मजदुर संगठन नेपालका अध्यक्ष हुनुहुन्छ ।)