शेरबहादुर परियार ,युरोप
नेकपा (एकीकृतसमाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च युरोप तदर्थ समिति गठन भएको छ । युरोप क्षेत्रमा रहेका एकीकृत समाजवादीका प्रतिनिधिहरूको जुम बैठकद्वारा कमिटी गठन भएको हो ।
कमिटीको संयोजकमा पुराना वामपन्थी नेता उमेशराज मोक्तान (वेलायत) चयन हुनुभएको छ । मोक्तान एमालेको सम्पर्क मञ्च बेलायतका संस्थापक कोषाध्यक्ष समेत हुनु हुन्थ्यो भने लेबर पार्टी बेलायत, नेपाल कलाकार संघको पूर्व अध्यक्ष, एन आर एन एबेलायतको पूर्व सल्लाहकार, धरान समाज बेलायतको संस्थापक अध्यक्ष लगायत युरोपका विभिन्न संघ संस्थाहरूमा समेत आवद्ध हुनुहुन्छ ।
कमिटीको सह संयोजकमा निराजन सुवेदी (पोर्चुगल),सचिव अर्जुन खतिवडा (वेलायत),सह सचिव मनोज भुसाल (फिनल्यान्ड) , उप सचिवहरु गोमा माझी (साइप्रस),अकललामा (जर्मनी),सुधीरअर्याल (पोर्चुगल) हुनुहुन्छ । त्यसैगरी कमिटीको सदस्यहरूमा सञ्जय मुडभरी (स्विजरल्याण्ड), डामनमूर्ति भुर्तेल (रुस),कृष्णतिवारी (बेलायत),टंककटुवाल (पोल्याण्ड),राजनकाफ्ले (आयरल्यान्ड),कृष्णदेवकोटा (जर्मनी),प्रेमगौतम (स्वीडेन),पशुपति प्रसाद भण्डारी (नर्वे), हरि तामाङ (क्रोएसिया),चिन्तनबुढामगर (साइप्रस),धन बहादुर बोहरा (नेदरल्यान्ड्स),कृष्णचौहान (फिनल्यान्ड) लगायत रहनु भएको छ ।
बैठकले दीपेन्द्र गजुरेल (स्पेन) प्रमुख रहेको प्रचार विभाग समेत गठन गरेको छ जस्को सदस्यहरूमा वुद्धमान तामाङ (साइप्रस) र देवेन्द्र श्रेष्ठ रहनु भएको छ । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटी संयोजक श्री प्रसाद शाहको प्रमुख आतिथ्य तथा युरोप इन्चार्ज सुवास पोखरेलको अध्यक्षतामा कमिटी गठन भएको हो।
कार्यक्रममा प्रमुख अतिथि शाहले समाजवादी आन्दोलनको पङ्क्तिमा लामबद्ध भएको भन्दै नवनिर्वाचित कमिटीलाई शुभकामना तथा बधाइ दिँदै पार्टी आगामी मङ्सिर ४ मा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको तयारीमा होमिएको बताउनु भयो । आगामी संघ र प्रदेश चुनावमा प्रवासमा रहेका समाजवादी आन्दोलनका सम्पूर्ण यात्रीहरूकोसल्लाह, सुझाव र सहयोगको पार्टीले अपेक्षा गरेको बताउनु भयो ।
युरोपका समाजवादी आन्दोलनका आस्थावान साथीहरूलाई सङ्गठित गर्ने काम भएको छ। यो तदर्थ समितिले ६ महिनाभित्र युरोपका देशहरूमा संगठन निर्माण गरेर अधिवेशन सम्पन्न गर्ने संयोजक मोक्तानले बताउनु भयो ।