काठमाडौं, साउन १६
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृतसमाजवादी)का सम्मानित नेता झलनाथ खनालले किराती सभ्यता नेपालको अभिन्न अंग भएको बताउनु भएको छ । खुवालुङ नाटक हेर्न मण्डला नाटकघर पुग्नुभएका नेता खनालले किराती सभ्यतासँग जोडिएको खुवालुङ नेपालको अभिन्न किराती सभ्यतासँग जोडिएको किराँतीहरूको आस्था र विश्वास खुवालुङको रक्षा गर्नुपर्ने बताउनु भयो ।
नाटक खुवालुङलाई उत्कृष्ट सृजना भन्दै ‘अत्यन्तै सुन्दर, संवेदनशिल सृजना भएको बताउनु भयो । नेपाल सभ्यतै सभ्यताहरुको थलो हो । अनेकन दर्शनहरूको थलो हो । यो अनेकन अध्येता र अनुसन्धानकर्ताहरूको थलो हो । किरात सभ्यता हाम्रो नेपालको अभिन्न अंग हो । किरात सभ्यताको जुन झाँकीहरु यो नाटकमा प्रस्तुत गर्नुभएको छ । जुन सिप र कलाको साथ प्रस्तुत गर्नुभएको छ । म बधाई दिन्छु ।’हाम्रा पूर्खाहरु कसरी बाँचेका थिए कस्ता चुनौती थिए । किराँतीहरूको कबिला जीवनमा कस्तो थियो जीवन्त रुपमा पढ्न र हेर्न पाएको नेता खनालले बताउनु भयो । उहाँले नाटक हेरेपछि कलाकारहरुको प्रशंसा गर्दै ‘सम्माननीय’ भनेर सम्बोधन गर्दै ‘हामीलाई ‘सम्माननीय’ भनिन्छ , खासमा सम्माननीयतपाईँहरू हुनुहुन्छ ’ भन्नुभयो ।
नेता खनालले खुवालुङकिरातीहरुको आस्था र विश्वास भएको भन्दै यसको रक्षा गर्नुपर्ने बताउनु भयो । ‘ यसलाई भत्काउने कुरा गरिएपछि किराती जनताहरुले आन्दोलन गरे । वास्तवमा यो जनताको आस्था र विश्वास हो । रक्षा गर्नुपर्छ । हामीले हाम्रो संस्कृतिको रक्षा गरेनौं भने यो धर्तीको रक्षा गर्न सक्दैनौं । २ करोड ९२ लाख नेपालीहरुलाईखुवालुङले यो सन्देश दिएको छ ।
नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओले चिनियाँ क्रान्तिको क्रममा स्थानीय जनताको आस्था र विश्वासलाई गरेको सम्मानको प्रसङ्ग पनि सुनाउनु भयो । , ‘चिनियाँ जनक्रान्ति चल्दै गर्दा ह्वाङ्गो नदि पार गर्दै जनमुक्ति सेनासंगै चिनियाँ कम्युनिष्ट पार्टीको सर्बोच्च नेता माओ एउटा म्याओ जातिको गाउ पुग्नुभएछ । त्यहाँ ठुलो पोखरी भित्र माछै माछा देखेपछी लडाकुहरूले माछा खाने निधो गरेछन् । गाउँ पुगेर बिश्राम गर्दै गर्दा माओले भन्नुभएछ, ‘हामी जुन ठाउँमा पुगेको छौं । यो ठाउँको आस्था र बिश्वास हो माछा ।’ जनताको आस्था र बिश्वासमा घात पुग्ने गरी कसैले माछा नचलाउनु भन्ने आदेश दिनुभएछ । जनमुक्ति सेनाहरू अचम्म परेछन् । त्यसरी कम्युनिष्ट पार्टीका महान नेता माओले जनताको आस्था रबिश्वास लाइ सम्मान गर्नुभयो ।
नेपालको पूर्वमा खुवालुङ्ग फुटाउने निर्णय बिरूद्ध ठुलो आन्दोलन भयो । वास्तवमा हामी कुनै पनि देशको नेताले देशका जनताका आस्था र बिश्वासलाइ सम्मान गर्नुपर्छ। देशको संस्कार ,सस्कृति , बिकास र पहिचानको रक्षा गर्नु हामी सम्पुर्ण नेपालीहरूको कर्तव्य हो ।’