काठमाडौ, साउन १६
मदन भण्डारी स्कुल अफ एशियाको आयोजनामा ३ हप्ते क्लोज क्याम्प सुरु भएको छ । सोमवार वाट सुरु भएको क्याम्पेन २१ दिन सम्म सञ्चालन हुने बताईएको छ ।
क्याम्पमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरूको सहभागिता रहेको छ । क्याम्पमा अर्जेन्टिना,व्राजिल,युएस,स्पेन,वास्क कन्ट्री,घाना,साउथ एसिया, थाइल्याण्ड,मलेसीया, श्रीलंका, पाकिस्थान, वंगलादेश प्लालेस्टाईन र नेपालका ६० जनाको सहभागिता रहेको आयोजक संस्थाका माधव पन्तले बताउनु भयो ।
क्याम्पमा समाजवादी शिक्षण सिकाईको प्रयोग गरिने बताइएको छ ।
जसभित्र अनिवार्य श्रम गर्ने, सांस्कृतिकरात्रिहरूसञ्चालन गर्ने विभिन्न देशका संस्कृतिलाई प्रदर्शन गरिने , क्रान्ति, वर्गसंघर्ष ,कम्युनिष्टघोषणापत्र, पूँजिवाद र साम्राज्यवादका विरुद्ध समाजवादको पक्षसँगकाछलफलहरु गर्दै कम्युनिष्ट आचरणलाई जोगाउने कामको सिकाइ हुने स्कुल अफ एसियाका अध्यक्ष बलरामबाँस्कोटाले बताउनु भयो ।
विश्वमा १५ वटा मार्क्सवादी स्कुल मध्ये एशियाकै नेपालमा मात्र मदन भण्डारीको नाममा रहेको मदन भण्डारी स्कुल अफ एसियाले माक्सवादको महत्वपूर्ण र गहिरो अध्ययन गर्दै आएको जसमा अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरूको सहभागिता रहेको स्कुल अफ एशियाका कोअर्डिनेटर प्रमेश पोख्रेलले बताउनु भयो ।
प्रशिक्षणमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरु सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ,सम्मानित नेता झलनाथ खनाल ,उपमहासचिवडा. विजयपौडेल ,सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , नारायण काजी श्रेष्ठ लगायतका नेताहरुले सहजिकरण गर्ने कार्ययोजना रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा (एकीकृतसमाजवादी ) का सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलन राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कार्यक्रमले कम्युनिष्ट आन्दोलनको अवस्था सहित ज्ञान आर्जन गर्ने महत्वपूर्ण थलो बन्नेमा विश्वास व्यक्त गर्नुभयो । स्कुल अफ एशियाका अध्यक्ष बलराम बाँस्कोटाको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको थियो ।