हेटौँडा ,साउन १५
नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी हेटौँडाको बैठक तथा जिल्ला स्तरीय प्रशिक्षण हेटौँडामा भएको छ ।
पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकले साउन र भदौ महिनाभर संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजना निर्माण गरेको छ ।
कार्य योजना अन्तर्गत हरेक पालिका तहको बैठक, भातृ संगठनको बैठक, वडा तहको संगठन निर्माण र पुनर्गठनएवम् प्रशिक्षण लगायतका कार्यक्रमहरू रहेको पार्टी अध्यक्ष सूर्यचन्द्र न्यौपानेले जानकारी दिनुभयो । त्यसैगरी प्रतिनिधि सभा तथा प्रदेश स्तरीय कमिटीहरूको पूर्णता र पार्टी सदस्यता बितरणलाई समेत प्रमुख प्राथमिकतामा राखी पार्टीले राजनीतिक गतिविधिहरूलाईतीव्रता दिन लागिएको उहाँले बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज न्यौपानेले अहिले पनि राष्ट्रियतामाथि भयङ्कर खतरा रहेको राष्ट्रिय परिवेशबारे चर्चा गर्नु भएको थियो । उहाँले एससिसि र एसपिपी सम्झौताले देशमा चाइनाबिरुद्ध अमेरिकी हस्तक्षेप बढिरहेको र त्यसले नेपाललाई भविष्यमा युक्रेनी करण गर्ने अवस्था आउन सक्ने बताउनुभयो । ‘यो जटिल परिस्थितिको सामना हामीले गर्नुपर्नेछ’, उहाँको भनाई थियो यस्तोअवस्थामा देशप्रति जिम्मेवार पार्टीको रुपमा नेकपा एकीकृत समाजवादीलाई बलियो रुपमा उभ्याउनु आजको आवश्यकता बनिसकेको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश अध्यक्ष साबित्राभुसालले पार्टी संगठनको बिस्तार, विकास, मूल्यांकन तथा अनुशासनका विषयमाकार्यकर्ताहरू सचेत भएर लाग्नुपर्ने सुनाउनुभयो । त्यसैगरी अर्का स्थायी कमिटी सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली नसुध्रिएसम्मका बाम एकता वा तालमेलमा एमाले नसमेटिने बताउनुभयो र । स्थायी कमिटी सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज ललितकुमार बस्नेतले पार्टी संगठनको काम स्थानीय तहको निर्वाचनपछि सुस्त भएको प्रसङ्ग कोट्याउँदै अहिले नै थकित हुन नहुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सचिवालय कमिटीले तयार पारेको कार्ययोजना पारित गरेको छ । कार्ययोजना अन्तर्गत सबै पालिकामा अब राजनीतिक गतिविधिहरू हुने पार्टीका सचिव विष्णुप्रसाद दाहालले जानकारी दिनुभयो ।