काठमाडौ,साउन १२
नेकपा (एकीकृतसमाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई सिद्धान्तलाई व्यवहारमा उतार्न निर्देशन दिनुभएको छ ।
पार्टी स्कुल विभागको केन्द्रीय प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कार्यकर्तालाई इमानदार र निष्ठावान् हुन पार्टीप्रति समर्पित हुन ,आदर्शप्रति समर्पित हुन निर्देशन दिनुभएको हो । उहाँले पार्टी र जनताप्रति समर्पित भएमा मात्र लक्ष पुरा हुने भन्दै देश कसरी निर्माण गर्ने भन्ने बारेमा नेताहरूलाई चिन्ता हुनुपर्ने बताउनु भयो । पार्टी स्कुल विभागले सञ्चालन गरेको यस खालका अभियानलाई प्रदेश जिल्ला र स्थानीय तह सम्म लैजानु पर्ने भन्दै अध्यक्ष नेपालले पाठ्य संस्कृतिको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
एक हप्ता सम्म सञ्चालन भएको कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनको विगत र वर्तमान माधव नेपाल, नेपालमा जनवादी क्रान्ति, अबको बाटो र कम्युनिष्ट अन्तराष्ट्रीयवाद झलनाथ खनाल, दक्षिणपन्थी अवसरवाद, आन्दोलन पुनर्गठनको औचित्य र विकासको अर्थराजनीति प्रमेश हमाल, कस्तो पार्टी कस्त कार्यकर्ता डा. बेदुरामभुसाल, कम्युनिष्ट पार्टीको घोषणापत्र र यसको सामयिकता प्रकाश ज्वाला, समकालीन विश्व व्यवस्था र पुँजीवाद अनि ऐतिहासिक भौतिकवाद र जर्मन दर्शन डा. खगेन्द्र प्रसाईं. लोकतन्त्र, पुँजीवाद र समाजवाद प्रा. डा. युवराज संग्रौलाले सहजिकरण गर्नुभएको थियो ।
यस्तै जीवनमा हाम्रो कार्यशैली डा. गङ्गालालतुलाधार, समाजवादी आन्दोलन र वैज्ञानिक चिन्तन प्रणाली डा. दिनेश भुजु, मार्क्सवादी अर्थशास्त्र र पुँजीवादी सञ्चय डा. बिजयपौडेल,पुँजी,पुँजीवादी प्रभुत्व र समाजवाद निर्माणको सवाल अशेष घिमिरे, मार्क्सवाद र महिला मुक्तिको सवाल जयन्ती राई र गरिमा शाह, बीसौं शताब्दीमा साम्राज्यवाद विरोधीसङ्घर्षकोआयामहरू जगन्नाथ खतिवडा, सहकारी र नवउदारवाद गणेश बि. समकालीन विश्वमा समाजवादका सैद्वान्तिक धाराहरू डा. तारा जोशीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा देश भरीबाट ४८ जना छनौटमा परेका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।