बाजुरा,साउन ११
नेकपा (एकीकृतसमाजवादी) बाजुरा स्थित स्वामिकार्तिक खापर गाउँ कमिटीले स्वामिकार्तिक खापर गाउँपालिकालाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा ल्याएका कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय राष्ट्रिय गौरवका योजनालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो ।
गाउँ कमिटीका अध्यक्ष पवन रोकाया द्धारा हस्ताक्षरित विज्ञप्तिमा स्याउ प्रशोधन केन्द्र सञ्चालन, ह्याचरी,र्याप्टीगं,लिप्टईरीगेशन, भेडापालन, गाउँपालिकाका वासवोड सञ्चालन, सडकको स्तरोन्नति र विद्युत्बाट वञ्चित गाउँ तथा बस्तीमा तत्काल विद्युत् सेवा सुचारु लगायतका योजनालाई तत्काल कार्यन्वयन गर्नु पर्ने उल्लेख गरिएको छ ।
त्यस्तै मुक्तिकोटकाकोभिड प्रभावित श्रमिकले पाउनु पर्ने रकम विनियोजन गरी भुक्तानी गरिनु पर्ने, आर्थिक वर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रम र कार्यपालिकाको निर्णय वेगरका योजनामा भुक्तानी भएको छानविन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने, करार कर्मचारीको सन्दर्भमा भएको निर्णयले गर्दा सेवा प्रवाहमा वाधा पुगेको हुदा तत्काल नियम कानुन कार्यसम्पादनको आधार म्याद थपिनु पर्ने लगायतका माग पनि ज्ञापन पत्रमा उल्लेख गरिएका छन ।
त्यस्तै राजनीति आग्रह पूर्वाग्रह अनुसार जनप्रतिनिधि र कर्मचारीको सेवाग्राहीहरूलाई पूर्वाग्रहका आधारमा भेदभाव गरिएकोले सो गलत कार्य वन्द गरी विना पूर्वाग्रह सेवा प्रवाह गरिनु पर्ने, आर्थिक वर्ष ०७९/ ८० मा गाउँपालिकाले तय गरेको नीति तथा कार्यक्रममा महिलालाई मात्र उपभोक्ता समितिमा राख्ने भन्ने कुराले नेपालको संविधान र समावेशी मूल्य मान्यता विपरीत भएकोले तत्काल संशोधन गरी उपभोक्ता समिति समावेशी बनाउनु पर्ने र वडा नं १ को वडा कार्यालय केन्द्र हाल सम्म विवादित भएकोले सम्बन्धित वडाका जनप्रतिनिधिले निर्णय गरे बमोजिम तत्काल कार्यन्वयन गरी सेवा प्रवाह गर्नु पर्ने लगायतका माग राख्दै नेकपा एकीकृत समाजवादीले स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायालाई ज्ञापनपत्र बुझाएको वडा ३ कमिटी अध्यक्ष रत्न शाहीले बताउनु भयो ।