काठमाडौ,साउन १
नेकपा(एकीकृतसमाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले छ दिनदेखि आमरण अनशनरत अनेरास्ववियू,कानेताहरुसँग भेटघाट गरी स्वास्थ्य स्थितिको जानकारी लिनुभएको छ ।
भेटघाटमा अनेरास्ववियूकानेताहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै विद्यार्थीनेताहरुले उठान गरेका जायज मागहरु सम्बोधन गर्न त्रिवि प्रशासन र नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ ।
आइतबार बिहान विभाग प्रमुख खतिवडा सचिव प्रकाश खतिवडा र विभागका सदस्य लेखनाथ शिकारुलेअनशनरतअनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तलाई भेटघाट गर्नुभएको हो ।
त्रिभुवन विश्वविद्यालय सुधारको माग राख्दै अनेरास्ववियूकानेताहरु ६ दिनदेखि आमरण अनशनमा छन् । विश्वविद्यालयको विकृति विसंगति अन्त्यको माग राख्दै अनशन सुरु गरिएको अध्यक्ष सुदेश पराजुलीले बता उनु भयो । अनसरत विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।
अनशनरत अध्यक्ष पराजुली र उपाध्यक्ष माधव पन्तको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पतालको आइसीयूमा भर्ना गरि उपचार गरिएको थियो । अनेरास्ववियुले एमफिलरपीएचडीलाई नियमित कार्यक्रमका रूपमा लागू गर्नुपर्ने, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमेस्टर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, पाठ्यक्रम समयअनुकूल परिमार्जन गर्नुपर्नेलगायत माग अघि सारेको छ ।
यस अघि अनशनरत विद्यार्थी नेताहरुलाईनेकपा(एकीकृतसमाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेता मेटमणीचौधरीसहितसहितनेताहरुले अस्पतालमै पुगेर भेटघाट गर्नुका साथै स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै आन्दोलन प्रति ऐक्यवद्धता जनाउनु भएको थियो । आन्दोलनप्रति स्थानीय तह स्वास्थ्यकर्मी सञ्जाल नेपाल, अनेरास्ववियू पोखराका पूर्वअध्यक्ष तुलबहादुर गुरुङलगायतले ऐक्यबद्धता जनाएका छन् ।