काठमाडौ,असार२६
अनेरास्ववियूले अर्जेन्टिनाको पार्तिया ग्रान्डे पार्टीकी कार्यकर्ता एवं एक विश्वविद्यालयकी विद्यार्थी युनियनकी पूर्व सभापति जिसेला कार्नाडाससंग अन्तरक्रिया गरेको छ ।
शनिवार काठमाडौमा भएको कार्यक्रममा नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले ल्याटिन अमेरीकाको वामपन्थी राजनीतिमा विद्यार्थी आन्दोलनको भुमिका, अर्जेंटीनाको शिक्षा प्रणाली र ल्याटिन अमेरिकामा अहिले देखिएको कम्युनिस्टहरूको विजयको विषयमा छलफल गरेको हो ।
कार्यक्रममा बोल्दै अर्जेन्टिनी विद्यार्थी नेतृ जिसेलाले भन्नुभयो वोलिभिया, निकारागवा, चिली, कोलम्विया लगायत देशहरूमा वामपन्थीहरूको विजयले समाजवादी आन्दोलन वलियो वन्दै गएको र यो समाजवादी उभारवाट साम्राज्यवादीहरू अत्तालिएका छन । आसन्न व्राजिलमा हुन गइरहेको निर्वाचनमा समेत वामपन्थी नेता लुलाको विजय सुनिस्चित देखिन्छ ।
हाल ल्याटिन अमेरिकामा समाजवादी आन्दोलन पचास साठी वर्ष यताकै वलियो वनेको छ। चेग्वेभारा, फिडेल, चाभेजहरूले देखाएको वाटोमा हामी पुगेका छौ । विश्वभरी नै समाजवादी आन्दोलनलाई वलियो वनाउदै समाजमा समानता र न्याय स्थापित गरी श्रमिक वर्गले आफ्नो अधिकार प्राप्त गर्नुपर्दछ र यो संघर्षलाई विश्वव्यापी वनाउनु पर्दछ । यसको लागि विद्यार्थीहरू नै जाग्नु पर्ने कुरा जेसिलाले वताउनु भयो । कार्यक्रममा अनेकास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्तले नेपालको विद्यार्थी आन्दोलन, यसले प्राप्त गरेका उपलब्धि, आजका चुनौती, विद्यार्थी आन्दोलनको अवको वाटो र अन्तर्राष्ट्रीय विद्यार्थी नेटवर्क निर्माणको विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा संगठनका कार्यवाहक अध्यक्ष माधव पन्त, महासचिव आरती लामा, उप महासचिवहरू महेस श्रेष्ठ, कल्यान दाहाल, दिनेश लो, मेघनाथ चापागाई, सचिवहरू टेकेन्द् मल्ल, प्रदिप थापा र स्थायी कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो । अनेरास्ववियूका नेताहरूले जिसेलालाई माउन्ट एभरेष्ट र गौतम वुद्वको पवित्र भूमि नेपालमा स्वागत गर्दै अनेरास्ववियू र अर्जेन्टिनाको विद्यार्थी संगठनको विचमा मैत्रीपुर्ण सम्वन्धलाई अझै प्रगाढ वनाउनु पर्ने वताएका थिए ।
कार्यक्रममा ऐतिहासिक विरासत वोकेको विश्वको विद्यार्थी आन्दोलनलाई एकाकार वनाएर अगाडी वढाउने विषयमा समेत छलफल भएको छ । अन्तराष्ट्रीय विद्यार्थी आन्दोलनमा अनेरास्ववियूको छवि राम्रो रहेकोले धेरै जसो देशका वामपंथी विद्यार्थी संगठनसित हाम्रो गहिरो सम्वन्ध रहेकोसंसारभरी सवैको पहुचमा शिक्षा पुर्याउन र विद्यार्थीको हक, अधिकार प्राप्तिको लागि अन्तर्राष्ट्रीय विद्यार्थी आन्दोलन एकाकार हुनु अतिआवश्यक छ यसको लागि हिजो अनेरास्ववियूको अन्तर्राष्ट्रीय छवि जोगाउदै सम्वन्ध थप परिस्कृत वनाउनु पर्ने कार्यवाहक अध्यक्ष पन्तले बताउनु भयो ।
जिसेला समाजवादी आन्दोलनको पक्षमा र साम्राज्यवाद विरोधी संघर्षको अन्तराष्ट्रीय अभियन्ता समेत हुनुहुन्छ । उहाँ चिनको कार्यक्रममा सहभागि भएर नेपाल आउनु भएको हो ।