चरिकोट, असार २१
नेकपा (एकीकृत समाजवादी) दोलखा को पुनर्गठन गरिएको छ । आज बसेको एकीकृत समाजवादी दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्यहरू,केन्द्रीय आयोग सदस्यहरू,प्रदेश सदस्यहरू, दोलखा जिल्ला कमिटी पदाधिकारी ,जनवर्गीय संगठन केन्द्रीय पदाधिकारी र सम्पर्क मञ्च नेतृत्वको विशेष बैठकबाट दोलखा जिल्ला कमिटीलाई पुनर्गठित गर्ने निर्णय गरेको हो।
पुनर्गठन गरिएको जिल्ला कमिटीको अध्यक्षमा भिम प्रसाद दहाल,उपाध्यक्ष प्रोण प्रताप के सी र घनश्याम रिजाल,सचिवमा अशोक दहाल,उप सचिवमा हरिहर कार्की र संगिता पाख्रिन चयन हुनुभएको छ ।
नेकपा एकीकृत समाजवादी दोलखाको पदाधिकारीमा नयाँ युवा अनुहार हरु थपिएका छ्न।अध्यक्ष दहाल,उपाध्यक्षहरु प्रोण प्रताप केसि र घनश्याम रिजाल यस अघिको जिल्ला कमिटीको सचीव र उपसचिव को जिम्मेवारी सम्हालेका पदाधिकारी हुननुहुन्थ्यो भने सचीव अशोक कुमार दहाल युवा संघ नेपालका केन्द्रीय उपमहासचिव भइसक्नु भएको हो ।
त्यसैगरी उपसचिव हरिहर कार्की पार्टीको दोलखा काठमाडौ संपर्क मञ्चका अध्यक्ष, अर्का उपसचिव संगीता पाख्रीन अनेमसंघ को केन्द्रीय सदस्य तथा स्थानीय तहको निर्वाचन मा पार्टीको तर्फबाट भिमेश्वर नगरपालिकाको उपमेयर पदमा उम्मेदवार भइ झिनो मतान्तरले पराजित हुनुभएकी सक्रिय महिला नेत्री हुनुहुन्छ ।