रौतहट,असार ५
पेशागत महासंघ नेपाल रौतहटको जिल्लास्तरीय भेला ३१ सदस्यीय अधिबेशन आयोजक समिति गठन गर्दै सम्पन्न भएको छ ।
भेलाले श्री राम आधार सिंहको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नरेश झा, महिला उपाध्यक्षमा दुर्गा झा, सचिवमा उपेन्द्र साह, सहसचिव त्रियुग नारायण झा, कोषाध्यक्षमा राकेश यादव सहित ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।
यस्तै सोही भेलामा तुल्सी भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नेपाल नर्सिङ पेशाकर्मी संघ रोैतहट जिल्ला समिति पनि गठन भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पेशागत हक हितका लागि पेशाकर्मीहरु संगठीत हुँदै जनताको सेवामा अझ बढी लगनशील भएर काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पेशागत महासंघ नेपालका संयोजक प्रेमलकुमार खनालले श्रमिक कर्मचारीहरुको हकहितका लागि महासंघले श्रमिकहरुको सेवा सुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवादको लक्ष्यका साथ महासंघका गतिविधिमा अगाडि बढेको बताउँदै महासंघका नीति, कार्यक्रमका बारेमा सहजीकरण गर्नुभएको थियो ।
पेशागत महासंघका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज राधेश्याम झाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण भेलामा मधेस प्रदेशका उधोग पर्यटन राज्य मन्त्री नागेन्द्र राय यादव, पेशागत महासंघका ईन्चार्ज योगेन्द्र यादव, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष विद्या कान्त झा, एकिकृत स्वास्थ्य कर्मचारी संगठनका उपाध्यक्ष सुरेन्द्र ठाकुर, नेपाल नर्सिङ पेशाकर्मी संगठनका सदस्य कुन्ता दाहाल, राष्ट्रिय सहकारी कर्मचारी संगठनका अध्यक्ष भरतकुमार श्रेष्ठ, नेकपा एकिकृत समाजवादी पार्टी रौतहटका अध्यक्ष कमलदेव राय यादव, गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु शाह लगायतका बक्ताले भेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।