काठमाण्डौ,असार ३
नेकपा(एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागको सम्पन्न बैठकले गठवन्धनका मुख्य दलहरु कांग्रेस र माओवादी गठवन्धनप्रति पूर्ण रुपले इमान्दार नरहेको समिक्षा सहितको निष्कर्ष निकालेको छ ।
बिहीबार सम्पन्न विभागले स्थानीय तहको निर्वाचनमा महानगर उपमहानगर तथा केही स्थानीय तहमा पार्टीको पक्षमा रहेपनि समग्र परिणाम सन्तोषजनक नरहेको ठहर गर्दै पार्टी स्थापनाको छोटो अवधिमा कलम चिन्ह र पार्टी जनताविच स्थापित भएको ठहर गरेको छ ।
बैठकले गत स्थानीय निर्वाचनमा प्रचार विभागले गरेका कामको समिक्षा गर्दै आगामी निर्वाचनलाई लक्षित गर्दै ६ महिने रणनिति तयार गर्ने निर्णय गरेको छ ।
उक्त रणनिति तयार गरी पेश गर्न विभागका उपप्रमुख तथा पार्टीका केन्द्रीय सदस्इ साथै समाजवादी प्रेस संगठनका अध्यक्ष शभ्भू श्रेष्ठ,केन्दीय सदस्य एवं प्रचार विभाग सदस्य राममाया(चमिना) भट्टराई, सचिव प्रकाश खतिवडा, विभागका सदस्य एवं समाजवादी प्रेस संगठनका उपाध्यक्षहरु विश्वमणि सुवेदी, भवानी कार्की र शान्ताराम विडारी सदस्य रहेको प्रचार रणनिति मस्यौदा समिति गठन गरेको छ ।
समितिले ७ दिन भित्र प्रचार रणनिति तयार गरी विभागमा पेश गर्ने सचिव प्रकाश खतिवडाले बताउनु भयो ।
यस्तै बैठकले समाजवादी प्रेस संगठनलाई आगामी ३ महिना भित्र सवै जिल्ला, प्रदेश समितिहरु निर्माण गर्न भेला सम्पन्न गर्न ,पार्टीका जिल्ला कमिटिहरुलाई प्रचार विभाग चुस्त दुरुस्त गर्न नभएका जिल्लामा गठन गरी सो को विवरण केन्द्रमा उपलव्ध गराउन निर्देशन दिने निर्णय गरेको छ ।