काठमाडौँ। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को काठमाडौँ जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।
आइतबार कार्यक्रम संगठनका सचिव बाबुकाजी कार्कीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष डबल बहादुर गुरुङले गर्नुभएको थियो।
पार्टीको केन्द्रीय कमिटी सदस्य तथा संगठन इन्चार्ज धनबहादुर कार्कीको प्रमुख अतिथ्यतामा रहेको थियो। विशेष अतिथि र अतिथिहरुमा संगठनका उपमहासचिव तथा मदेश प्रदेश इन्चार्ज कृष्ण बहादुर खड्का, बागमती प्रदेश सदस्य तथा संगठनका सचिव पुष्कर रिमाल, बागमती प्रदेश सदस्य तथा संगठन सदस्य कर्ण बहादुर खड्का, काठमाडौँ, जिल्ला कमिटी सदस्य तथा ६ नम्बर वडा अध्यक्ष जनप्रतिनिधि प्रकाश फुयाल, संगठनका केन्द्रीय कोषाध्यक्ष सिंह बहादुर खड्का, पार्टीको ६ नम्बर वडा कमिटी अध्यक्ष कपिल खनाललगाएत भूपूहरुको उपस्थिति रहेको थियो।
स्वागत मनतब्य संगठनका उपाध्यक्ष सन्तोष राईले गर्नुभएको थियो। त्यसैगरी मनतब्य पुष्कर रिमाल, कृष्ण बहादुर खड्का, प्रकाश फुयालले भूपूहरूका समस्य र पार्टीको भूमिकाको विषयमा प्रकाश पार्नुभएको थियो।
प्रमुख अतिथि पार्टीको केन्द्रीय कमिटी सदस्य तथा संगठन इन्चार्जले पार्टी विद्रोह किन गरेको हो र अबको पार्टीको नेपाली जनतासंग जोडिएका समस्य र भूपू आर्मी प्रहरी हरुका समस्य राज्यले भूपूहरुलाई गर्दै आएका व्यबहार र नेपाली आर्मीको कल्याणकारी कोषको नाममा शान्ति सेना जाँदाको काटेको पैसा फिर्ता हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी संगठन ले ७ बुँदे माग पार्टीको केन्द्रीय अध्यक्ष, महासचिव र मोर्चा विभागको साथै प्रतिनिधि सभा र राष्ट्रिय सभामा भूपूहरुका आवाज बुलन्द गर्नुपर्ने भनेर पार्टीको वरिष्ठ उपाध्यक्ष तथा माननीय राजेन्द्र प्रसाद पाण्डे, पार्टीको उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य जयन्ती देवी राई र घनश्याम रिजाललाई दिएको र छिट्टै सदस्यमा उठाउने पहल हुने बताइएको छ।
भारती सेनामा भर्ना, बृटिश आर्मी र सिंहापुरे पुलिस, नेपाल आर्मी, नेपाल प्रहरी ,सशस्त्र बल का समस्य मा केन्द्रित बिचार राख्नुको साथै पार्टीको जनसंगठन को औचित्य र पार्टी को आवश्यकता विषय को साथै यो नेकपा ९एकीकृत समाजवादी० नै हामीले किन रोजेको भनेर प्रष्ट पार्नुभएको थियो।
सबै भूपूहरु यसै पार्टीको झण्डा मुनी लाग्नको लागि पनि अनुरोधगर्नुभएको थियो। अन्त्यमा काठमाण्डौ जिल्लाको दोस्रो अधिवेशन सफलताको शुभकामना दिदै यही ९ गते पार्टीको स्थापना दिवसमा सहभागिता जनाउन अपिल गर्नुभएको छ।
दोस्रो जिल्ला अधिवेशनको निर्वाचन मण्डल को अध्यक्ष पार्टीको बागमती सदस्य क। कर्ण बहादुर खड्काले गर्नुभएको थियो। सदस्यमा कृष्ण बहादुर खड्का, पुष्कर रिमाल हुनुहुन्थ्यो। डबल बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्य जिल्ला कमिटी गठन सहमतिमा सम्पन्न भएको छ। उपाध्यक्षमा राम विनोद मिजार, सचीवमा दिपक क्षेत्री, उपसचिवमा सन्तोष राई, कोषाध्यक्षमा लोक बहादुर पाण्डेलाई चयन गरिएको छ।
सदस्यहरुमा देवीलाल पाण्डे, सिंह बहादुर गुरुङ, दुर्गा मिजार, राजेन्द्र गुरुङ, रत्नमाया पाण्डे, मुना केसी, बाबुकाजी कार्की, कविता राई, सिताराम खड्का, नयाँ निर्वाचित कमिटीलाई सपथ संगठनका उपमहासचिवमा कृष्ण बहादुर खड्काले गराउनु भएको थियो। नयाँ कमिटीलाई प्रमुख अतिथि र निर्वाचन मण्डलले अबिर लगाएर सफल कार्यकालको शुभकामना दिएर समापन भएको थियो।