लिला जी श्रेष्ठ।
त्यसो त जीवन भन्नु नै जन्म र मृत्यु बिचको एक रंगमंच हो। कसले कसरी परिभाषा गर्छ त्यो त उसैसंगको निहित आत्मरती मात्र होला। मानिस सधै जीवित प्रकृतिसंग जिउने प्राण सहितको मात्र विद्यार्थी नै रहँदो रहेछ। बुझ्न कठीन, तर जीबन जिउंदै जाँदा जीवनको लय कतिखेर कहाँ फेरिन्छ कसलाई थाहा हुन्छ र ।
यस्तै भयो एकजना संघर्षशिल,नैतिकवान,जोशिला,फुर्तिला,समाजसेवी युवालाई । जसको जीवनको लय आफुभित्र रहेको रोगले फेरिदियो । छोटॊ समयमा पनि पट्यारिलो लामो यात्रा गरिरहँदा जीवनले कस्तो मोड लिन्छ अझै थाहा छैन । जहाँ चिन्ता र त्रासको जगजगी छ।
ओखलढुङ्गा लिखु -९ पोकली लेतीका हुतराज गौतम अहिले अस्पतालको बेडमा बिज्ञानको भगवान रुप डाक्टर संग जीबनको भीख मागीरहनु भएको छ। अकस्मात लागेको रक्त क्यान्सरले उहाँको स्वास्थ्य अवस्था गम्भीर छ।
सधै स्वस्थ,फुर्तिलो,कामकाजी देखिने गौतमलाई एक्कासी रक्त क्यान्सर देखिदा परिवार,समाज,आफन्तलाई अचम्म लाग्नु स्वाभाविक हो नै। तर अहिले सत्य त्यही छ,गौतम अस्पतालको शैयामा उपचार गर्दै बसिरहनु भएको छ।
Acute myeloid leukemia नामक रक्त क्यान्सरले थालिनु भएका गौतमलाई केमो थेरापी मार्फत उपचार भईरहेको र जटील प्रकारको उपचार पद्दती मार्फत बोन म्यारो प्रत्यारोपण गर्नु पर्ने भएको कारण अझ आर्थिक भार बढेको पारिबारिक श्रोतले जनाएको छ। उपचार गर्दागर्दै जटिलता थपिदै गएको र आर्थिक बोझ बढेको कारण उपचारमा कठिनाई हुने हो की भन्ने परिवारमा चिन्ता छ।
बिरामी गौतम पनि पैसाको कारण उपचार नहुने होकी भन्ने चिन्ताले सताईरहेको बताउनुहुन्छ। धेरै समाजसेवी /संघ-सस्था लगायात अन्य दाताहरुले स्वत स्फुर्त रुपमा गर्नुभएको आर्थिक सहयोगले अहिले सम्म धानिरहेको र अझै बोन म्यारो प्रत्यारोपण गर्दा धेरै खर्च लाग्ने भएकोले सामान्य आर्थिक स्तिथिमा रहनुभएका गौतमले पुन आफुलाई बचाउन सबैमा आग्रह गर्नुभएको छ।
हुतराज गौतम बचाउ अभियान मार्फत लक्ष्मीमाया आचार्यको नाममा रहेको सिटिजन बैंकको खाता नम्बर 0010100004887041 मा देश बिदेशमा रहने सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा आर्थिक सहयोगको लागी आग्रह गरिएको छ। यता काठमाडौंमा रहेको सिभिल अस्पतालमा पनि बिरामी गौतमलाई भेट्न सकिनेछ।