काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पोलिटब्यूरो सदस्य विदुर खतिवडाको पार्थिव शरीरमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, सभामुख देवराज घिमिरेले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू, जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले सापकोटाको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। पार्टीका पदाधिकारी, स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी सदस्यहरूले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
शुक्रबार सापकोटको पार्थिव शरीर पार्टी कार्यालयमा करिब दुई घण्टा राखिएको थियो। पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, उपाध्यक्ष डा.गंगालाल तुलाधर, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले सापकोटाको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।
सापकोटाको फागुन ८ गते बिहान ३:५० बजे हेल्पिङह्यान्ड हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएकोछ। सापकोटाको पार्थिव शरीर नेकपा एकीकृत समाजवादी कार्यालयमा राखिने भएको छ।
साथै आजदेखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि सुरु हुने भएको छ। पार्टी उपसचिव रामकुमार भट्टराईका अनुसार सापकोटाको निधन भएको हुनाले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलि ९शक्रबार० ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर बस्ने गरी स्थगित गरिएको छ।
-1740035238.jpeg)
-1740035239.jpeg)
-1740035238.jpeg)
-1740035237.jpeg)
-1740035235.jpeg)
-1740035233.jpeg)