काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीका कारण मुलुकले ऐतिहासिक अवसर गुमाएको बताउनु भएको छ।
शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा भुसालले पेस गरेको राजनीतिक प्रस्तावमा भूसालले बलियो जनसमर्थन हुँदाहुँदै त्यसप्रति इमान्दार नेतृत्वको अभावमा मुलुकले एउटा ठूलो सम्भावना गुमाएको बताउनु भएको हो।
संसद्को विघटन मुलुकको राजनीतिलाई दूरगामी रूपमा प्रभाव पार्ने घटना भएको पनि उनले प्रस्तावमा भन्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘संसद्को विघटन र नेकपा विभाजन कम्युनिस्ट आन्दोलन र मुलुकको राजनीतिकै लागि धेरै व्यापक, गहिरो र दूरगामी दुष्प्रभाव पार्ने परिघटना हो।’
राष्ट्रिय पुँजीको विकासका लागि समाजवादी कार्यक्रम, दूरदर्शी तथा दृढ इच्छाशक्ति भएको राजनीतिक पार्टी र बलियो जनसमर्थन प्राथमिक सर्त भएको पनि उहाँको दाबी छ।
‘बलियो जनसमर्थन हुँदाहुँदै त्यसप्रति इमान्दार नेतृत्वको अभावमा मुलुकले एउटा ठूलो सम्भावना गुमाएको छ। राजा महेन्द्रले भूमिसुधार गर्न नसकेपछि राष्ट्रिय पुँजीको विकासका लागि उनले एउटा अवसर गुमाएका थिए । २०४६ पछि नेपाली कांग्रेसले अर्थतन्त्रको जिम्मा बजारलाई छोडेर अर्को ठूलो अवसर गुमाएको थियो। केपी ओलीका कारणले गर्दा मुलुकले अर्को ऐतिहासिक अवसर गुमाएको छ,’ उहाँले भन्नुभएको छ। उत्पादन नगर्ने मुलुक सधैँ राजनीतिक संकटमा पर्ने उल्लेख गर्दै राजनीतिक नेतृत्वले गरेका वाचा पूरा गर्न नसक्दा जनताले धोका पाएकोसमेत उहाँको भनाइ छ।
गणतन्त्र ल्याउन मुख्य भूमिका खेल्नेहरूले नै गणतन्त्रको नेतृत्व गर्न सक्दैनन् कि भन्ने आशंका उब्जिएकोसमेत भूसालको भनाइ छ। ‘गणतन्त्रका शक्तिहरूले गणतन्त्रको नेतृत्व गर्न सक्छन्कि सक्दैनन् भन्ने प्रश्न उठेको छ। जसले गर्दा जनतामा निराशा र आक्रोश बढ्दै छ। कम्युनिष्ट आन्दोलनमा त ठूलो मनोवैज्ञानिक आघात लागेको छ,’ उहाँले भन्नुभएको छ। राजनीतिक नेतृत्वको असक्षमताले पनि सामाजिक सञ्जालमा गणतन्त्रलाई नै गाली आइरहेको पनि उहाँको भनाइ छ। ‘यही मौकामा सामाजिक लफङ्गाहरुले सडकमा गणतन्त्रलाई दुत्कारिरहेका छन्। विचाररसिद्धान्तको खिल्ली उडाइँदै छ,’ भुसालले भन्नुभएको छ।
नेपालमा लोकरिझ्याइँ (पपुलिज्म) को राजनीतिलाई ओलीले नै संस्थागत गरेको महासचिव भुसालको प्रस्तावमा उल्लेख छ। अहिले पनि विचार र सिद्धान्त नभएकाहरू पपुलिस्टहरू जन्मिएको उहाँको भनाइ छ। उहाँले प्रस्तावमा अघि बढेका छन्, ‘केपी ओलीले पपुलिस्ट राजनीतिलाई संस्थागत गरेका थिए, त्यसले अरु पार्टीका नेताहरूलाई पनि पपुलिस्ट बनाउँदै थियो। तिनीहरुको पपुलिज्ममा विचाररसिद्धान्तको जलप थियो्। आजको अर्थराजनीतिक सङ्कटले विचाररसिद्धान्त केही पनि नमिसिएको विशुद्ध ‘नयाँ’ पपुलिस्टहरू जन्माएको छ।’