काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उधौली पर्वको शुभकामना सन्देश व्यक्त गर्नुभएको छ।
आइतबार एक विज्ञप्ति जारी गरेर चाडपर्वहरूले एक आपसमा एकता र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ। जारी विज्ञप्तिमा भनिएको छ,
नेपालीहरूका महत्वपूर्ण पर्वहरू, उधौली पर्व, धान्यपूर्णिमा, यःमरि पुन्हि र ज्यापु दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ(आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले एक आपसमा एकता र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । हाम्रो भौगोलिक, धार्मिक, साँस्कृतिक, जातीय एवम् भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान सहित अनेकतामा एकता कायम गर्नमा यस्ता चाडबाडहरूको महत्वपूर्ण योगदान रहेको छ ।
अन्त्यमा, नेपालीहरूले आ-आफ्नो मौलिकताका साथ मनाउने उधौली पर्व, धान्यपूर्णिमा, यःमरि पुन्हि र ज्यापु दिवसले यस वर्ष पनि नयाँ उमङ्गसहित आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अक्षुण राख्न हामी सबैलाई अभिप्रेरित गर्न सकोस् भन्दै पुनश्चः हार्दिक शुभकामना।'