काभ्रेपलान्चोक। असोज दोस्रो सातको बाढीले क्षतिग्रस्त पनौती नगरपालिकाले पुर्ननिर्माण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरेको छ।
आज नगरपालिकाले सम्बन्धि राजनीतिक दल, सरोकारवाला पक्ष, नागरिक समाज र स्थानीयहरुको भेला गरि बाढीबाट प्रभावित नगरलाई कसरी पुन: निर्माणतर्फ लैजान सकिन्छ भन्ने विषयमा छलफल चलाएको हो।
पुन: निर्माणलाई नगरबासीको हितमा लगाउने उदेश्यले सबैको सुझाब, सल्लाह लिएर सहज रुपमा अगाडि बढाउन अन्तरक्रिया गरिएको बताइएको छ। उक्त छलफलमा राजनीतिक दलका प्रतिनिधी, नागरिक समाज र नगरबासिलाई सहभागी गराइएको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष बसुन्धरा हुमागाँईले जानदिनुभयो।
अन्तरक्रियामा नगरको पुननिर्माणमा सहयोग पुग्ने तबरले हुमागाँईले केही सुझाबहरू प्रस्तुत गर्नुभएको थियो। उहाँले, पनौती नगरपालिकाले खोलाको मापदण्ड निर्धारण गरि डिजिटल नापजाँचमार्फत दिर्घकालीन समाधान निकाल्ने कार्यलाई प्राथमिकतामा राख्नु पर्ने पहिलो सुझाव पेस गर्नुभएको थियो।
बनेपा, धुलिखेल र पनौती नगरपालिका अन्तर्गत रहेको ठुलो परियोजनाञ एकीकृत खानेपानी योजनालाई ब्यवस्थित गर्नु अर्को महत्त्वपूर्ण कार्य रहेको भन्दै उक्त परियोजनाको क्षति २२ करोड बराबरको भएकाले अब सोही योजनाको कर वा राजस्वबाट नै नगरपालिकाले साँवा ब्याज तिर्न सक्ने वातावरण बनाउने अभियानमा लाग्न उहाँले अनुरोध गर्नुभयो।
बाढीबाट विस्थापितहरुलाई पुनर्बास र जोखिम स्थानबाट स्थानान्तरण गराउन नगरले विषेश पहल गर्नुपर्ने उहाँको जोड रहेको छ। हुमागाँईले दिनु भएको सुझाव मध्ये, खानी संचालनलाई मापदण्ड भित्रल्याई आयस्रोतको वृद्धिगर्ने सकिने र क्षति पुगेका सार्वजनिक संरचनाहरु धारा, पुल, नहर, मन्दिर,आदिको निर्माणमा ढिला नगरी तदारुकता देखाउन सरोकारवाला पक्षलाई सुझाव दिनुभएको हो।